२०७७ माघ ३, शनिबार

विद्यालयमा विद्यार्थी बेहोस हुन थाले

जुम्ला, वैशाख । जुम्लाको तातोपानी गाउँपालिकामा पर्ने हिमशिखर माविमा अध्ययनरत छात्राहरुमा अनौटो समस्या देखिएको छ । एक्कासी रुने, कराउने, वेहोस हुने, चिच्याउने समस्याले विद्यालयमा विकराल रुप लिन थालेको छ । गएको चैत १३ गतेदेखि कक्षा ८, ९ र १० कक्षाका छात्रामा यस्तो समस्या देखिएको हो ।

पहिले २÷३ दिनभित्र स्थानीय स्वास्थ्यकर्र्मीले उपचार गरेको तर केहि पत्ता नलागेको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिएका छन । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुवेश चौधरी नेतृत्वको टोलीले औषधि लिएर उपचार गरेपनि समस्या समाधान हुन नसकेको विद्यालय स्रोतले वताएको छ ।

चैत १३ गते लाइनमा प्रार्थना गर्ने समयमा कक्षा ८ मा अध्ययनरत हिरा डाँगीमा यस्तो लक्षण देखिएको थियो । अहिले झण्डै ६० जना भन्दा बढीमा यो समस्या देखिएको विद्यालयले वताएको छ ।

महिना दिन भईसक्दा पनि छात्रामा देखिएको समस्या समाधान हुन नसकेपछि विद्यालयमै झाँक्री बसालिएको छ ।अहिलेको जमनामा विद्यालयमा झाँक्रि वसालिएको भन्दै सामाजिक सञ्जालमा भने आलोचना भएको छ ।