२०७७ माघ ३, शनिबार

तीन वर्षभित्र भान्साबाट ग्यास हटाउँछौं : उर्जामन्त्री

बुटवल, वैशाख । उर्जामन्त्री जर्नाजन शर्माले तीन वर्षभित्र खाना पकाउने ग्यासलाई बिस्थापित गर्ने गरी बिजुली उत्पादनमा सरकार प्रयत्नशील रहेको बताएका छन ।

प्रेस सेन्टर रुपन्देहीले शनिवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तीन वर्षपछि चुल्लो र भान्सामा ग्यास होइन बिजुली बाल्ने बताएका हुन । ७ वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताउँदै निजी क्षेत्रले ९ हजार र सरकारले ८ हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी संरचनागत र नितीगत काम भइरहेको जानकारी दिएका हुन । उनले नेपालको पानी जनताको लगानी भन्ने नारासहित उर्जामा सबैको स्वामित्व बढाउन सरकार क्रियाशिल रहेको उल्लेख गरे । फरक प्रसङ्गमा वैशाख ३१ को चुनाव निर्धारीत मिति मै हुने बताउँदै मत गणना र बजेट प्राविधिक कुरा भएकाले त्यसको निदान छिटै हुने बताए ।

मन्त्री शर्माले स्थानीय चुनावलाई उत्सवको रुपमा मनाउनका लागि मधेसी मोर्चासँग सरकारले सहमति गरेको स्पष्ट लोडसेडिङ अन्त्य गरेको भन्दै उर्जा मन्त्री शर्मा, उर्जा सचिव र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजै बुटवलमा सम्मान गरिएको छ ।