२०७७ मंसिर १६, मंगलवार

माओवादीका सकारात्मक चुनाबि प्रतिबद्धता

निर्बाचन आउन अब करिब २ हप्ता मात्रै बाकि रहदा विभिन्न राजनितिक दलहरुले आ आफ्ना घोषणापत्र र कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन । देशैभर केन्द्रीय स्तर जिल्ला तथा विभिन्न गाउ पालीका र नगरपालीकाको घोषणापत्र सार्वजनिक हुने कार्यक्रम पनि बढिरहेको छ ।

यस्तो शन्दर्भमा आम सर्वसाधारण मतदाताले अब कस्को के कार्यक्रम आउछ र त्यसका आधारमा उम्मेदवारलाई मतदान गर्ने भन्ने कुरा गरिरहेका छन । विभिन्न छलफल र बहसका विचबाट उम्मेदवारहरु र विभिन्न पाटी कमिटीहरुले मतदाता आफ्नो पक्षमा पार्न विभिन्न सार्वजनिक प्रतिबद्धता गरिरहेका छन ।

यसै शन्दर्भमा नेकपा माओवादी केन्द्र वीरेन्द्रनगर नगर कार्यसमितिले सुन्दर, समुन्नत र समृद्ध वीरेन्द्रनगर बनाउने परिकल्पना सहित आफनो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । माओवादीले केन्द्रले प्रदेश नं ६ को सम्भावित राजधानी वीरेन्द्रनगरलाई नेपालकै नमुना २४ घण्टा खुल्ला शहरका रुपमा विकास गर्ने परिकल्पना घोषणापत्रमार्फत सार्वजनिक गरेको हो ।

घोषणापत्रमा विधुतीकरण,कृषी क्षेत्रको आधुनिकीकरण,स्थानिय अर्थतन्त्र निर्माण,स्वास्थ्य र खानेपानी तथा सरसफाई क्षेत्रको सुदृढ,वातावरण,कला सस्कृति,खेलकुदको विकास,सडक यातायात र सञ्चार क्षेत्रको विकास,पर्यटनको केन्द्र र योजनाबद्ध सहरिकरणमा जोड दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

वीरेन्द्रनगरलाई ५ वर्षमा १५ हजार युवालाई रोजगारी सृर्जना गर्ने, नमूना शहरको विकास गर्ने, नगरका वृद्ववृद्वा तथा बालकालिकालाई सम्पुर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने र दुव्र्यसनरहित नगर बनाउने प्रतिबद्धता गरेको छ । यस्तै, किसानलाई पेन्सन, नगरभित्रका पर्यटकिय स्थलको विकास, आईटी शहर, ढल निकासको योजना निर्माण, सवै वस्तीमा सडक सञ्जाल निर्माण गरेर नगर बस सञ्चालन जस्ता एजेण्डाहरु प्रतिवद्धताहरु पत्रमा समावेश गरिएको छ ।

माओवादीले गरेका सबै प्रतिबद्धता शुन्दर छन । सरसर्ती हेर्दा माओवादीका अरु दलका भन्दा प्रगतिशिल विचारहरु पनि छन । देशको अहिलेका नारा र प्रगतिका लागि माओवादी केन्द्रले गरेको योगदा र चिन्ताका आधारमा पनि अहिलेको अवस्थामा माओवादीले प्रस्तुत गर्ने चुनावि प्रतिबद्धता समयानुकुल र सान्दर्भीक छन । माओवादीले घोषणापत्रमा आफुले गरेको जस्तैगरि प्रतिबद्धता कार्यन्वयनमा जोड देओस ।