२०७७ मंसिर ९, मंगलवार

कांग्रेस पार्टी कार्यालयमा लागेको ताला मन्त्री पुगेर तोडे, बागी उठ्ने तयारीमा

सुर्खेत, १७ वैशाख । नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा लागेको ताला नेपाली कांग्रेसका नेतृत्व तहले तोडेका छन् । स्थानीय तहको निर्वाचनमा नेतृत्व तहबाट आफुखुसी उम्मेदवार छनोट गरेको भन्दै असन्तुष्ट पक्षले गत बुधवार पार्टी कार्यालयमा ताला लगाएको थियो ।

कांग्रेस सुर्खेत क्षेत्र नं २ का सांसद तथा गरिबी निवारण मन्त्री हृदयराम थानी पार्टीका केन्द्रिय प्रतिनिधी, सांसद मिन विश्वकर्मा स्ुर्खेत जिल्लाका कार्य समिति सभापति कमलराज रेग्मीले पार्टी कार्यालयको ताला तोडेका हुन ।

अन्सतुष्ट पक्षले माग सम्बोधन नगरी आफूखुसी ताला खोलेको विरोध जनाउदै थप कडा रुपमा अगाढी बढने तयारी गरेका छन् । सांसद तथा गरिवी निवरण मन्त्री थानी पार्टी सभापति रेग्मीले माग सम्बोधन नगरी छापामार शैलीमा ताला तोडनु मुर्खता भएको असन्तुष्ट पक्षको टिप्पणी गरेको छन् ।

क्षेत्र नं २ मा पटक पटक चाकडी गर्ने नेताहरुलाई मात्र उम्मेदार घोषणा गर्नु गलत भएको असन्तुष्ट पक्षको आरोप छ । आक्रोशित असन्तुष्ट पक्षले विवादीत वडाहरुमा चुनावी प्रचार समितिको कार्यालयमा तालाबन्दी गर्ने र विवादीत वडामा स्वतन्त्र उम्मेदारी घोषणा गर्ने बताए ।