२०७७ मंसिर १०, बुधबार

निर्विवाद उम्मेद्वार बनाऔं

निर्बाचनमा साना दलहरुपनि तर्खरिएका छन । ठुला दलहरु अनिर्णयको बन्दी बनिरहदा साना दलहरुले उम्मेदवारी छनौटलाई निर्विवाद धमाधम सकेका छन । ठुला दलहरुलाई समेत लज्जाबोध हुनेगरि गरिएको साना दलहरुको यो निर्णयले निर्बाचनमा ठुला दलहरुमा विवाद र साना दलहरुमा एकरुपता को संकेत गर्दछ । सुर्खेतमा स्थानिय तहको निर्बाचनका लागि साना भनिएका विभिन्न दलहरुले निर्बीवाद उम्मेदवारी घोषणा गरेपछि ठुला दलहरुलाई पनि दवाव बढेको छ ।

ठुला दल माओवादी र एमालेले सबै तहमा मेयर र उपमेयरका उम्मेदवार छनौट गरिसकेको छन । तर सबैभन्दा ठुलो दल नेपाली काग्रेसले समेत अहिलेसम्म उम्मेदवार टुगाउन नसकिरहेका बेला साना दलहरुले आफ्ना पाटीका तर्फबाट उम्मेदवारी टुंगाएका हुन । राष्टीय प्रजातन्त्र पाटीले जिल्लामा सबै स्थानिय तहमा उम्मेदवार छनौट गर्न नसकेपनि ३ वटा तहमा उम्मेवदारी छनौट गरेको छ ।

बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि जिल्लाभरी नै सबै तहमा निर्बाचनमा उठ्ने उम्मेदवारको टुगो लगाएको छ । जनमोर्चा सुर्खेतले पनि जिल्लाभरिका स्थानिय तहमा आफ्नो उम्मेदवारी निर्बीवाद टुगो लगाएको जनाएको छ । त्यस्तै परिवार दलले वीरेन्द्रनगर लगाएत जिल्लाभरीका सबै स्थानिय तहमा उम्मेदवारी टुगाएको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

साना दलहरुले यसरी निर्बिवाद आफ्ना उम्मेदवार छनौट गर्दा ठुला दलहरुले पनि कुनैपनि प्रकारको विवाद नगरि निर्बाचनमा भाग लिनुपर्ने हो । त्यति नभएपनि उम्मेदवार छनौट भैसकेका हकमा पनि विभिन्न विरोधहरु आईरहेका छन । यो पनि दुखद हो । साना ठुला सबै दलले निर्बीवाद उम्मेदवारी छनौट गरेर जनपक्षीय नेतृत्व चुन्ने समय हो यो यसैमा लागौ ।