२०७७ माघ १४, बुधबार

राप्ती उपक्षेत्रिय अस्पताल दाङमा आजदेखी विस्तारित सेवा शुरु

बैशाख१८ दाङराप्ती उपक्षेत्रिय अस्पताल दाङले आजदेखी विस्तारित सेवा शुरुगरेको छ। सार्वजनकि विदाको दिन बाहेक अन्य दिनहरुमा नियमीत ३ बजे देखी ५ बजेसम्म विस्तारित सेवा अर्थात ई.एच.एस सेवा शुरु गरीएको अस्पतालले जनाएको छ ।

राप्ती उपक्षेत्रिय अस्पतालका निमिक्ति मेडिकल सुपरिटेण्डेण्ट डा. जर्नादन पन्थीका अनुसार नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको विस्तारित स्वास्थ्य सेवा बढाउने निति अनुसार,अस्पतालले आज देखी उक्त सेवा शुरु गर्न थालेको होे ।

पन्थीका अनुसार,२०७४बैशाख७ गतेका दिन अस्पताल विकास समितिको बैठकले गरेको निर्णय अनुसार आजदेखी नियमित रुपमा उक्त विस्तारित सेवा संचालनमा रहने बताउनुभयो साथै विस्तारित सेवाका लागी ओपिडी टिकट शुल्क ३सय लाग्ने छ भने टिकटका लागी समय २बजे देखी ४ बजेसम्म खुल्ला रहने बताइएको छ यसैगरी परिक्षणका लागी लाग्ने शुल्क भने यथावत रहने बताइएको छ ।

अस्पतालमा जनशक्ति तथा स्रोत साधनको कमी भएतापनि अस्पतालले आजदेखी शुरु गरेको चेकजाच सेवामा आज आईतवार दन्त र आयूर्वेद सेवा दिने बताएको छ । यसैगरी सोमवारका दिन सर्जरी,हाडजोर्नी र नशारोग,मंगलवारका दिन प्रसुति तथा स्त्रीरोग र भिडियो एक्सरे बुधवारका दिन मेडिसिन र बालरोग को सेवा दिने अस्पतालले जनाएको छ यसैगरी विहिवारका दिन नाक,कान र घाँटी रोगको र शुक्रबारका दिन छाला र यूरोलोजीको सेवाको चेकजान गर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.पन्थिले बताउनुभयो