२०७७ माघ ४, आईतवार

घरमा आगो लाग्दा एकजना महिलाको जलेर मृत्यु,

 दाङ दाङको दुधरासमा एउटा घरमा आगो लाग्दा एकजना महिलाको जलेर मृत्यु भएको छ ।
तुलसीपुर उप–महानगरपालिका १८ दुधरासको मनिकापुर स्थित बुद्धिबल गरुुङकोघरमा आगो लाग्दाघर भित्र रहेकी उनकी अन्दाजी ६५ बर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
अस्थाई प्रहरी चौकी बेल्झुण्डीका प्रहरी प्रमुख शेरबहादुर बुढाथोकीका अनुसार एकाएक घरमा आगोलागेपछि घर भित्रै रहेकी दिलमाया गुरुङ भित्रै थुनिएकोले उनको जलेर मृत्यु भएको हो ।

आगो सोमवार बिहान करिब ९ बजे तिर खाना पकाउँदै गर्दा ग्याँस सिलिन्डर लिकेज भएकोले त्यसैवाट घरमा आगो लागेको रुथानीय बिबेक वलीले जानकारी दिए । ‘

वलीका अनुसार ग्याँसमा आगो सल्किएपछि घर भित्र कोही प्रवेश गर्न सक्ने अवस्था रहेन र उनको त्यही जलेर मृत्यु भएको हो । ’ आगोले घर भित्रका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् ।