२०७७ कार्तिक ९, आईतवार

वाढी पहिरोले पक्की पुल भत्काए, अव तत्कालै बेली ब्रिज वन्ने

20160717_152621सुर्खेत ३ साउन ।
सुर्खेत लगायत असपासका क्षेत्रमा प्राकृतिक प्रकोपले पक्की पुलहरु भत्किए यातायात सेवा संचालन गर्न अव तत्कालै बेली ब्रिज वनाउन सकिने भएको छ । सडक विभागले अस्थायी बेली ब्रिज निर्माण सामाग्री सुर्खेत पठाएको छ ।

५ वटा कन्टेनरमा पठाएका बेली ब्रिजका सामान आइतवार वीरेन्द्रनगर झरेका छन । वाढी, पहिरो, भुकुम्प जस्ता प्राकृतिक प्रकोपले गर्दा पक्की पुलहरु भत्काए त्यस्तो वेला तत्कालै वेली ब्रिज वनाएर यातायात संचालन गर्न सकिने गरी सामाग्री ल्याइएको क्षेत्रीय सडक निर्देशनालय सुर्खेतले जनाएको छ ।

५० मिटर स्पानको वेली ब्रिजका सामाग्रीहरु आवश्यक परेको बेला तत्कालै प्रयोगमा ल्याउन सकिने गरी तयारी अवस्थामा बीरेन्द्रनगरमा राखिने निर्देशनालले बताएको छ ।

 ५ वटा कन्टेनरमा ल्याएका सामाग्रीले २० देखि २५ मिटरसम्मका २ वटा सम्म वेली ब्रिज निर्माण गर्न सकिने निर्देशनालले जानकारी दिएको छ । वाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपले भत्काएका पक्की पुल वनाउन धेरै समय लाग्ने भएकोले बेली ब्रिजका सामानहरु तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको हो ।

सुर्खेत, वाँके, कैलाली लगायत १० वटा जिल्लाको लागि झन्डै ५० करोडको बेली ब्रिजको सामान ल्याएको मुनरक जे एण्ड जेवी कम्पनीका म्यानेजर केशब बहादुर चन्दले वताउनु भयो । चीनवाट भारतको कलकत्ता हुदै वीरगंञ्जवाट सुर्खेत सामाग्रीहरु ल्याएको उहाँले जानकारी दिनुभयो । सुर्खेतको लागि मात्र करिव ४÷५ करोडको सामाग्री ल्याएको कम्पनीले जनाएको छ ।

वाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपवाट भत्किएका पक्की पुलहरु भएका ठाउँमा तत्काल यातायात सेवा संचालन गर्न आवश्यकता अनुसार बेली ब्रिज वनाउन सकिने उल्लेख गरिएको छ ।