२०७७ माघ ७, बुधबार

सेरोफेरो डटकमको औपचारिक सुरुवात

सुर्खेत, बैशाख । सेरोफेरो डट कम अनलाइन अखबारको औपचारिक सुरुवात भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले बुधबार उक्त अनलाइनको औपचारिकरुपमा उद्घाटन गरी सुरुवात गरेका हुन् ।

उपकुलपति उपेन्द्र कोइरालाले अनलाइन ज्ञानको भण्डार हुनुपर्ने सुझाव दिए । सेरोफेरो डट कमका सम्पादक टीका बिष्टले यो वेबसाईटले ‘सूचना आतंक’लाई निषेध गर्दै सत्य, न्याय र शान्तिको पक्षमा समाचार प्रसारण गर्ने जानकारी दिइन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल र उपकुलपति कोइराला, नेपाल पत्रकार महास‌घ, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।