२०७७ माघ ८, बिहीबार

काँग्रेस भन्छ, ‘हामीले जितेपछि वडा स्तरमा खाद्य संस्थान डिपो, घर–घरमा बृद्ध भत्ता

सुर्खेत, बैशाख । स्थानीय तहको निर्वाचन आउन अब हप्ता दिन बाँकी रहँदा विभिन्न राजनीतिक दलहरूले चुनावी घोषणापत्रहरू सार्वजनिक गर्ने क्रम चलिरहेको छ ।

जिल्लामा पहिले माओवादी केन्द्र, एमाले हँुदै काँग्रेसले पनि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस, सुर्खेतले नगर र जिल्लाको विकास योजना सहितको संकल्पपत्र नाम दिएको घोषणापत्र सार्वजनिक गरेको छ । सम्बृद्ध नगरको योजना सहितको २३ बु“दे र जिल्लाको २६ बु“दे संकल्पपत्र काँग्रेस क्षेत्रीय सभापति नारायण कोइराला र जिल्ला सभापति कमलराज रेग्मीले शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरे ।

काँग्रेसले सुविधासम्पन्न नगर पालिका भवन, सडक, यातायातको समुचित व्यवस्था, सञ्चार, शिक्षा, स्वास्थ्य र सिंचाईलाई प्राथमिकता दिएको छ । यस्तै, स्थानीयको माग र आवश्यकताका आधारमा विशेष योजनाहरू पनि सञ्चालन गर्ने बताइएको छ । वीरेन्द्रनगरलाई प्रदेश न ं. ६ क ा े राजधानी बनाउन पूर्वाधारसहितको विकास गर्ने अर्को संकल्प पनि गरेको छ । सुशासन, सहरी तथा बस्ती विकास, प्रदेशको राजधानी, पर्यटन तथा सम्पदा संरक्षण, सहका री तथा बै ंकिङ प्रबद्र्धन, उद्योगधन्दा, शान्ति सुरक्षा, शिक्षा र स्वास्थ्य, सार्वजनिक यातायात, सडक, कृषि तथा पशु पालन आधुनिकीकरणलाई काँग्रेसको नगर विकासको संकल्प गरेको छ ।

यस्तै, निजी क्षेत्र र लगानीको वातावरण, खानेपानी तथा सरसफाइ, वान स्टप सप, सुरक्षित आवास, विज्ञान प्रविधि, अनुसन्धान विकास, कला संस्कृति, वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, सामाजिक क्षेत्र, सुकुम्बासी तथा असुरक्षित आवासको समस्या समाधान, पूर्वाधार विकास पनि काँग्रेसको संकल्पभित्र रहेको छ । वीरेन्द्रनगरलाई कार्बन सिंक सहरको रूपमा अगाडि बढाइने, वीरेन्द्रनगरका ५ स्थानमा सहरी वनकाे अवधा र णाअनुसार काम गर्ने, बाल विवाहमुक्त सहर बनाइने, दुव्र्यसनरहित सहर बनाउन पनि अग्रसर रहने, बाढी पीडितका लागि सरकारबाट घोषणा भएको राहत यथाशीघ्र उनीहरूसमक्ष पु¥याउन पहल गरिने बताइएको छ ।

यसका साथै नगरको विकासका लागि केही विशेष योजनाहरू पनि काँग्रेसले सार्वजनिक गरेको छ । वडा स्तरमा शाखा रहने गरी खाद्य संस्थान स्थापना गरी कृषि उपज खरिद तथा बिक्री गरिने, भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गरी आवास निर्माण गर्ने, दैनिक उपभोग्य वस्तु सहुलियतमा उपलव्ध गराउन रासन कार्ड लागू गर्ने, गरिब, विपन्न, मजदुर, अशक्त र बृद्धबृद्धालाई आकस्मिक उपचार सहयोगका लागि कोषको व्यवस्था गर्ने, गरिबीको रेखामुनि रहेका घरपरिवारलाई विद्युत र पानीको महसुलमा न्यूनतम शुल्कमा अनुदान दिने, सामाजिक सुरक्षा भत्ता घर–घरमै उपलब्ध गराइने, असहाय बालबालिकाको पालनपोषण र शिक्षाक ।

लागि कोषको व्यवस्था गर्ने, स्थानीय करलाई सम्बन्धित वडाको विकासमा प्राथमिकता दिने र वैकल्पिक व्यवस्था नहुने बेलासम्म वर्षमा कम्तीमा ३ महिना रोजगारीको व्यवस्था गर्ने संकल्प काँग्रेसले गरेको छ । काँंग्रेस सभापति कमलराज रेग्मीले राजनीतिक संक्रमणको निकाससँगै आर्थिक क्रान्तिको लागि पनि स्थानीय तहमा काँग्रेसको नेतृत्व आउन जरूरी रहेको र सुर्खेतमा आउने दावीपनि गरेका छन् ।