२०७७ माघ ३, शनिबार

न्यू जेनेरेशन विजयी

सुर्खेत, बैशाख । वीरेन्द्रनगरमा जारी एन्फा लिग पूmटबल प्रतियोगिताको दोश्रो चरणका लागि न्यू जेनेरेशनले आप्mनो बाटो फराकिलो बनाउँदा एबिसी युथ क्लबलाई भने तेश्रो खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

शुक्रबार भएको लिग चरणको आप्mनो दोश्रो खेलमा न्यू जेनेरेशनले १ गोलको स्पष्ट जीतसहित ३ अंक थपेर कूल ६ अंक जोड्दै दोश्रो चरणका लागि बाटो फराकिलो बनाएको हो । पहिलो खेल जितेर ३ अंक पाएको एबीसीले भने अब खजुरासँग  जित्नैपर्ने दबावमा खेल्नेछ । आप्mनो दोश्रो खेल जितेर सहज रुपमा दोश्रो चरण पुग्ने एबीसीको आशामा न्यू जेनेरेशनका गोलरक्षक मात्र नभइ गोलपोष्ट र क्रसबार पनि बाधक बने ।

एबिसीले सुरुवातदेखि नै गोल गर्ने सजिला र राम्रा अवसर गुमाएपनि न्यू जेनेरेशनका दिनेश शाहीले १८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । एबिसीका गाेलरक्षक पासाङ महाताराको ग्रीपबाट फुत्किएको बललाई बिना कुनै गल्ति जाली चुमाउँदै शाहीले टोलीका लागि वरदान गोल गरे ।

प्रतियोगिताअन्तर्गत आज (शनिबार) बिहान हुने लिगको चौधौं खेलमा बाबियाचौर र शिद्धपाइला तथा दिउँसो हुने लिगको पन्ध्रौं खेलमा बुद्धपथ र जीअलबीच प्रतिस्पर्धा हुनेछ ।