२०७७ मंसिर १४, आईतवार

प्रतिबद्धतापछि कार्यन्वयनको खाचो

विभिन्न राजनितिक दलहरुले क्रमस आफ्ना चुनावि घोषणापत्रहरु सार्वजनिक गरिरहेका छन । सुर्खेत र विशेष गरेर वीरेन्द्रनगरलाई केन्द्रित गरेर ति घोषणापत्रहरु सार्वजनिक भएका छन ।

निर्बाचनमा मत परिणाम आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रयासहरु भैरहेका मध्य घोषणापत्र सार्वजनिक पनि एक हो । स्थानिय तहको निर्बाचन आउन अब हप्ता दिन बाकि रहदा विभिन्न राजनितिक दलहरुले चुनावि घोषणापत्रहरु सार्वजनिक गर्ने क्रम चलिरहे संगै काग्रेसले पनि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । जिल्लामा पहिले माओवादी केन्द्र,एमाले हुदै काग्रेसले पनि आफ्नो चुनावि घोषणा पत्र सार्वजनिक गरेको छ ।

यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस सुर्खेतले नगर र जिल्लाको विकास योजनासहितको संकल्पपत्र नाम दिएको घोषणापत्र सार्वजनिक गरेको छ । समृद्ध नगरको योजनासहितको २३ बु“दे र जिल्लाको २६ बु“दे
संकल्पपत्र कांग्रेसले सार्वजनिक गरेको छ ।

घोषणापत्रमा कागे्रेसले कांग्रेसले सुविधासम्पन्न नगर पालिका, भवन, सडक, यातायातको समुचित व्यवस्था, संचार, शिक्षा, स्वास्थ्य र सिंचाईलाई प्राथमिकता दिएको छ । यस्तै स्थानीयको माग र आवश्यकताका आधारमा विशेष योजनाहरु पनि संचालन गर्ने बताइएको छ । वीरेन्द्रनगरलाई प्रदेश नं. ६ को राजनधानी बनाउन पूर्वाधारसहितको विकास गर्ने अर्को संकल्पपनि गरेको छ ।

सुशासन, सहरी तथा बस्ती विकास, प्रदेशको राजधानी, पर्यटन तथा सम्पदा संरक्षण, सहकारी तथा बैंकिङ प्रवद्र्धन, उद्योगधन्दा, शान्ति सुरक्षा, शिक्ष्ाँ र स्वास्थ्य, सार्वजनिक यातायात, सडक, कृषि तथा पशुपालन आधुनिकीकरण लाई कांग्रेसको नगर विकासको संकल्प गरेको छ ।
समग्रतामा काग्रेसले गरेको समग्र कार्यनिति पनि अन्य पार्टिले घोषणा गरेजस्तै शुन्दर छन । तर आंशका एउटामा मात्रै छ त्यो हो गतिलो गरि कार्यन्वयन हुने । यस्ले आम नागरिकमा संसय छ । सबै नागरिकहरुको मतदाताहरुको अनुमान गलत ठहरीने गरि काग्रेसको संकल्पपत्रमा समेटिएका सबै प्रतिबद्धता कार्यन्वयन होउन ।