२०७७ मंसिर ११, बिहीबार

झडपका घटना हुनु दुःखद्

 निर्वाचन शान्तिपूर्ण हुनु सबैका लागि खुसीको विषय हो । निर्वाचन शान्तिपूर्ण भएपछि मात्रै साँच्चिकै लोकतन्त्रको अभ्यास सही र पारदर्शीरुपमा हुन सक्छ । सबैले निर्भयका साथ जनप्रतिनिधि छान्न सक्छन् । निर्भयताका साथ छानिएका जनप्रतिनिधि नै सक्षम र नेतृत्व गर्न सक्ने कुसल हुन सक्छन् । हा

मीले दशकौंपछि हुन लागेको निर्वाचनमा पारदर्शी र सक्षम नेतृत्व तथा जनपक्षीय नेतृत्व छान्न पारदर्शी र निर्भिकतापूर्ण ढङ्गले लाग्नैपर्छ । त्यो वातावरण राज्यले पनि निर्माण गर्न जरुरी छ । निर्वाचनमा भाग लिने सबै प्रतिनिधिहरु र दलहरुले पनि नि गर्न जरुरी छ । तर निर्वाचन आउन करिब हप्ता दिन बाँकीरहँदा जिल्लाका विभिन्न स्थानमा झडपका घटनाहरु हुन थालेका छन् । यो दुःखद् कुरा हो ।

राजनीतिक दलहरुले निर्वाचन प्रचार–प्रसारको कामलाई तीब्रता दिएपछि आक्रमणका घटना घटेका हुन् । प्रचार आक्रामक हुँदै गईरहेको र आमने–सामने प्रचार हुन थालेपछि कार्यकर्ताहरु झडपमा उत्रने गरेका छन् । शुक्रबार साँझ नेकपा माओवादी केन्द्र वीरेन्द्रनगर, सुर्खेतले वडा नम्बर १२ को वडा कार्यालयमा आफ्ना उम्मेद्वार झंकराज काफ्लेमाथि सांघातिक आक्रमण भएको माओवादीको भनाइ छ । उम्मेद्वारमाथि नै यस्तो आक्रमण हुनु राम्रो होइन ।

त्यस्तै, सहारे–४ पातीहाल्नामा एमाले कार्यकर्ताहरुले गाडी माथि तोडफोड गरेको र चालकमाथि पनि हातपात गरेको जनाईएको छ । उता, गुर्भाकोट नगरपालिका वडा नम्बर १ काल्चेमा एमाले कार्यकर्ताहरुले माओवादी समर्थक तुलसिं विकलाई हातपात गरेको माओवादी गुर्भाकोटले जनाएको छ । श्रृंखलाबद्धरुपमा भएको यो घटनाले राम्रो संकेत गर्दैन । जसरी जो बाट भएपनि यस्तो घटनाले सबैलाई लोकतान्त्रिक प्रक्रिया नपचेको जस्तो अनुभव हुन सक्छ ।

आम मतदाता र सर्वसाधारणका मन जितेर काम गर्नुपर्ने साटो उल्टै धम्की दिएर वा जबरजस्ती गरेर कुनै पनि हालतमा मत परिणाम आफ्नो पक्षमा आउन सक्दैन । आज एमालेले ग¥यो होला, भोलि माओवादी वा काँग्रेस जुन पक्षले गरे पनि यो लोकतन्त्रमा सुहाउने कुरा होईन । यो सबै घटना सुखद होइनन् । यस्ता क्रियाकलापहरु रोक ।