२०७७ मंसिर १५, सोमबार

पश्चिम नेपालमा विप्लव माओवादी थ्रेट, ६ नम्बरमा सुरक्षा तयारी सकियो : डिआईजी

सुर्खेत, बैशाख । पश्चिम नेपालमा विप्लव माओवादीबाट निर्वाचनमा सुरक्षा चुनौति रहेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले यस्तो बताएका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट पश्चिम नेपालका केही जिल्लाहरुमा सुरक्षा चुनौति रहेको प्रमुख आयुक्त यादवले जानकारी दिए । सुरक्षा चुनौति सामना गर्न सुरक्षा प्रबन्ध मिलाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे । यादवले मतदान अधिकृतहरु आज (सोमबार)बाट सबै निर्वाचन केन्द्रमा जाने जानकारी दिए । टाढाका केही निर्वाचन अधिकृतहरु भने आइतबार नै सम्बन्धित केन्द्रमा प्रस्थान गरिसकेको प्रमुख आयुक्त यादवले जानकारी दिए । त्योसँगै जिल्लामा विभिन्न राजनीतिक दलहरुका बीचमा अस्वस्थ प्रतिस्पर्धा र सामान्य विवादका घटना भईरहेको कार्यालयको भनाइ छ ।

यसका बीचबाट पनि निर्वाचन आयोगले जिल्लामा निर्वाचन आचारसंहिता पालनाको स्थिति निकै राम्रो रहेको बताएको छ । तर, मतदाता शिक्षाको अवस्था भने सन्तोष गर्न लायक मात्रै रहेको आयोगको निष्कर्ष छ । निर्वाचन आचारसंहिताको सुक्ष्म अनुगमनमा विभिन्न जिल्ला निस्किएका आयोगका आयुक्तहरुले आफूले अनुगमन गरेको क्षेत्रमा आचारसंहिता कार्यान्वयन राम्रो रहेको बताएका हुन् । आयुक्त नरेन्द्र दाहालले अहिलेसम्म गम्भिर प्रकारको आचारसंहिता उल्लंघन नभएको बताए । यता, बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि सुरक्षा तयारी पूरा भएको प्रहरीले जनाएको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी क ार्यालय, सुर्ख ेतका डीआईजी विजयलाल कायस्थले ६ नम्बर प्रदेशका १० जिल्लामा सुरक्षा तयारी पूरा भएको बताए । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई सुरक्षा निकायले विशेष निगरानीमा राखेको पनि डिआईजी कायस्थले जानकारी दिए । उम्मेद्वारको घरमा कालो झण्डा र उम्मेद्वारलाई कालोमोसो दल्नेजस्ता गतिविधि गर्ने सूचना पाएपछि प्रहरीले विप्लव माओवादीका कार्यकर्ता माथि विशेष निगरानी बढाएको हो ।

बिहीबार र शुक्रबा र राती मात्र विप्लव माओवादीका कार्यकर्ताले वीरेन्द्रनगर नगरपालिकाका मेयर र उप–मेयर पदका उम्मेदवारहरुका घरमा कालो झण्डा गाडेका थिए । क्षेत्रीय प्रहरी कार्यालयले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्न े योजनाअनुसार जुम्लामा करिब २ सय ९० जना थप प्रहरी भिœयाइएको छ । चुनावलाई शान्त र मर्यादितरुपमा सम्पन्न गर्ने सुरक्षा योजनाअनुसार जिल्ला प्रहरी कार्यालय, जुम्लाले थप सुरक्षाकर्मी मगाएको हो । जसमा ६२ जना म्यादी प्रहरी र अरु सबै जनपद प्रहरी रहेका छन् ।

जुम्लाका प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुद बनाउने उद्देश्यले यसअघि भर्ती गरिएका ३ सय ५३ जना म्यादी प्रहरीसहित ७ सय ५० बढी प्रहरी परिचालन गरिने भएको छ । डिएसपी गुरुविष्णु काफ्लेका अनुसार जुम्लामा रहेका ७६ वटा मतदान स्थल र ८७ वटा मतदान केन्द्रमध्ये अति संवेदनशिल, संवेदनशिल र सामान्य मतदान केन्द्रका रुपमा विभाजन गरी सुरक्षा व्यवस्था कडाई गर्ने योजना तयार पारिएको छ ।