२०७७ मंसिर १०, बुधबार

कम्युनिष्टले केहि गर्न सकेनन् मत अब हाम्लाइ दिनुस : खड्का

झुप्रामा काम भन्दा कार्यकर्ता भर्ति भएर पानी आएन हामि काम गर्छौ  

सुर्खेत, बैशाख । राजनितिक दलहरुले चुनावि प्रचार प्रसारको कामलाई तिब्रता दिएका छन । घरदैलोमा व्यस्त विभिन्न राजनितीक दल निर्बाचन नजिकै आउदा जनसभा लगाएतका कार्यक्रममा पनि केन्द्रित भएका छन ।

मंगलवार वीरेन्द्रनगरमा नेपाली काग्रेसले जनप्रदर्शन सहितको सभा गरेको छ । निर्बाचनमा आफ्नो सक्ती प्रर्दशनका रुपमा लिएको काग्रेसले बजारका विभिन्न क्षेत्रबाट र्याली निकालेको थियो । बाजा गाजा,झाकी सहितको जनप्रदर्शनपछि पीपलचौचारीमा अबेर सुरु भएको जनसभामापूर्व गृहमन्त्री एवं सुर्खेत क्षेत्र नं. १ का सांसद पूर्णबहादुर खड्काले प्रदेश नं. ६ को सम्भावित राजधानी सुर्खेतको केन्द्रविन्दु वीरेन्द्रनगर नगरपालिकाको समृद्धिका लागि यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गरेका छन ।

खड्काले कांग्रेसले जे भन्छ, त्यही गर्छ र जे गर्छ, त्यो मात्रै भन्ने भएकोले समृद्ध वीरेन्द्रनगर बनाउनका लागि कांग्रेसले जीत्नै जनाए । नेपाली कांग्रेस वीरेन्द्रनगर चुनाव प्रसारप्रसार समितिले सोमवार आयोजना गरेको चुनावी सभामा बोल्दै नेता खड्काले योजनावद्ध र समृद्ध नगरपालिका बनाउनका लागि कांग्रेसले जित्नै पर्ने उल्लेख गरेका छन् ।

इतिहासदेखि नै कांग्रेसले भन्दै आएको कुराहरु पूरा गरेकोले स्थानीय तहको निर्वाचनमा समृद्ध नगर बनाउन कांग्रेस नै चाहिने उनले बताए । कम्युनिष्टहरुलाई मत दिए काम नगर्ने भएकाले आफुहहरुलाई मत दिन खड्काले आग्रह गरेका थिए । कांग्रेसबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरका उम्मेदवार देवकुमार सुवेदी, उपमेयरका उम्मेदवार जानकी सिंहलगायत १६ वटा वडा अध्यक्ष र सदस्यहरुलाई समृद्ध वीरेन्द्रनगरको योजना बनाउनपनि नेता खड्काले सुझाव दिएका छन् ।

नेता खड्काले कांग्रेसले सफल क्रान्तिको नेतृत्व गरेको, असन्तुष्ट मधेसीहरुलाई राजनीतिको मूलधारमा ल्याएको र विकासको नेतृत्व गरिरहेकोले सुर्खेतमात्र नभइ मुलुकबाट कांग्रेसले जित्ने दावि गरे । सांसद एवं पूर्व राज्यमन्त्री खड्गबहादुर बस्यालले कांग्रेस विचारको पार्टी भएको, योजना बनाउने पार्टी भएकोले समृद्ध वीरेन्द्रनगर बनाउने खाका बोकेका कांग्रेस उम्मेदवारहरुलाई भोट दिन अपिल गरे ।

नेपाली काग्रेसका सभापती कमलराज रेग्मीले वीरेन्द्रनगर उपत्यकाको अहिलको खानेपानीको हाहाकार एमालेको नेतृत्वका कारण भएको बताए । एमालेले झुप्रा बृहतको नेतृत्व गरेपनि उपभोक्ताहरु प्रति जिम्मेवार नभएर राजनिति मात्रै गरेका कारण अहिलेको खानेपानीको समस्या आएको रेग्मीले बताए । सभापती रेग्मीले एमालेले झुप्रामा उपभोक्तालाई पानी दिनेभन्दा पनि आफ्ना कार्यकर्ता भर्ति गर्ने भर्ती केन्द्र बनाएका कारण अहिले चार दिन हुदा पनि धारामा पानी नआउने समस्या उत्पन्न भएको बताएका थिए ।

वीरेन्द्रनगरका मेयरका उम्मेदवार देवकुमार सुवेदीले योजनावद्ध सहर, समृद्ध वीरेन्द्रनगर बनाउने आफ्नो परिकल्पना रहेको र त्यो पूरा गर्नका लागि बैशाख ३१ गते अमूल्य मत दिन जिताउन आग्रह गरे । उपमेयरका उम्मेदवार जानकी सिंहले कांग्रेस समस्याको निकास र विकास दिने पार्टी भएकोले जिताउन आग्रह गरिन् ।

काग्रेस जनसभामा बोल्दे दर्जन नेताहरुले वीरेन्द्रनगरलाई प्रदेश नं. ६ को राजधानी बनाउन पूर्वाधारयुक्त नगर बनाउन, पर्यटकीय सहर बनाउन, हर्वल सिटीको रुपमा विकास गर्न काग्रेससंग थुप्रै योजना भएकोले जिम्मेवारीमा आएमा त्यो पूरा गरेरै देखाउने दावी गरेका थिए ।

कार्यक्रममा कांग्रेस पूर्व सभापतिहरु डम्बरविक्रम जिसी, गोविन्दबहादुर मल्ल, सभापति कमलराज रेग्मी, क्ष्ँेत्रीय सभापति नारायणकुमार कोइरालाले कांग्रेसलाई मत दिएर नगरको भाग्य कोर्न आग्रह गरेका थिए ।