२०७७ माघ ३, शनिबार

सुर्खेतमा निर्वाचन सम्वन्धि सवै तयारी पुरा, निर्धक्क चुनावमा भोट हाल्न आयोगको आग्रह

सुर्खेत, बैशाख । निर्वाचन आयोगले स्थानिय चुनावका लागि सवै तयारी पुरा भएको जनाएको छ ।  सोमबार पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनका लागि आवश्यक सवै तयारी पुरा भएको आयोगले जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका ६ नम्बर प्रदेश आयुक्त सुधिर कुमार शाहले निर्वाचनका लागि सुर्खेतका सवै निर्वाचन क्षेत्रहरु, मतदान केन्द्रहरु र उपकेन्द्रहरुमा सवैखालको तयारी भएको र सुरक्षा कडा पारिएको बताएका छन ।

आयुक्त शाहले निर्वाचन अवधी भरी ६ नम्वर प्रदेशका १० वटा जिल्लालाई लक्षित गर्दै सुर्खेतमा २ वटा हेलिकप्टर तयारीका साथ राखिने, सुरक्षाका लागी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तस्रो घेरामा नेपाली सेना रहेको बताए । उनले कुनै पनि पक्षवाट आउन सक्ने सुरक्षा चुनौती अव नरहेकाले निधर्क भएर मतदान गर्न आग्रह गरे ।

निर्बाचन सुपरिबेक्षणका लागि वीरेन्द्रनगर आइपुगेका शाहले मंगलवार नै वीरेन्द्रनगरमा आयोजना भएका निर्बाचसम्बन्धि कार्यक्रममा भाग लिएका थिए ।  कार्यक्रममा क्षेत्रिय प्रशासक बेगेन्द्रराज शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी महादेब पन्थ लगायतको उपस्थिती रहेको थियो ।