२०७७ मंसिर ११, बिहीबार

मतदाता शिक्षा सम्वन्धि तालिम

सुर्खेत, बैशाख ।  महिला पत्रकार र आमा समूहका प्रतिनीधिहरुलाई सोमबार सुर्खेतको वीरेन्द्रनगरमा मतदाता शिक्षा सम्वन्धि एक दिने क्तालिम दिइएको छ ।

क्रियाशिल महिला पत्रकारहरुको समूह डब्लु डब्लु जे को आयोजनामा उक्त तालिमको आयोजना गरिएको हो ।  तालिममा सहभागि आमा समूहका प्रतिनीधि र महिला पत्रकारहरुलाई दिइएको १ दिने तालिममा मतपत्र बदर हुन नदिने उपाए र मतदानको सही सदुपायोग सम्वन्धि ज्ञान दिइएको छ ।

कार्यक्रम्मा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, सचिव सुदिप पुरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम महिला पत्रकारहरुको संगठन डब्लु डब्लु जे की अध्यक्ष मुना हमालको अध्यक्षतामा सम्पन्न भएको हो ।