२०७७ माघ ७, बुधबार

अविरल असिनाले तरकारी र गहुँबाली नष्ट

सुर्खेत, बैशाख । सोमबार आएको अविरल असिनापानीले सुर्खेतका पुर्वीउत्तर क्षेत्र गर्पन, मेहली, लेहँडा लगायतका क्षेत्रमा गहुबाली र तरकारी खेतीमा ठुलो क्षती गरेको छ । असिनापानीले पाकेको गहुमा अत्यधिक क्षती पुगेको लेहँडाका कृषक भोजबहादुर वलीले जानकारी दिए ।

गाउँमा करिव पचास घर परिवारले गहु काट्दै थिए, अविरल बर्षा सँगै आएको असिनाले ठुलो मात्रामा क्षती पुगेको कृषक वलीको भनाइ छ । गर्पन, मेहेली र लेहडाँ गाउमा लगाइएको वेमौसमी तरकारी खेतीमा समेत क्षती पुगेको छ ।