२०७७ मंसिर १३, शनिबार

२४ घण्टा उज्यालो, सुरक्षित र सफा शहरका लागि मेरो उम्मेद्धवारी : गाहा

नेकपा माओवादी केन्द्रका केन्द्रिय एवम्, माओवादी केन्द्रको तर्फबाट वीरेन्द्रनगर नगरपालिकामा मेयरका उम्मेद्धवार रत्नबहादुर गाहा अहिले चुनावी प्रचारप्रचार र घरदैलो अभियानमा व्यस्त छन् ।  प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा पाएको सुर्खेतको सबैभन्दा पुरानो नगरपालिका वीरेन्द्रनगर नरपालिकाको मेयर पद कसरी हात पार्ने दाउमा रहेका गाहा वीरेन्द्रनगरको विकास समृद्धिको उत्कृष्ट खाका सहित मतादाताहरु समक्ष दिनहुँ पुगिरहेका हुन्छन् ।

राजनीतिसंगै विभिन्न सामाजिक कार्यमा क्रियाशील गाहा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुको नेतृत्व समेत गरिसकेका हुनाले पनि उनको चर्चा थप चुलिएको हो । दैलेख जिल्लाको खरीगैरामा २०२८ सालमा जन्मिएका गाहाले साविककै खरिगैरा गाविसबाट एसएलसी उत्तीर्ण गर्ने रेगुलर तर्फका पहिलो व्यक्ति समेत हुन् ।  केही समय शिक्षण पेसामा आवद्ध भएका गाहा राजनितिमा लागेर पनि लामो समय सामाजिक क्षेत्रमै बिताउँदै कुशल नेतृत्वकर्ताका रुपमा परिचित छन् । समाजशास्त्र विषयमा स्नातोकोत्तर र अष्ट्रेलियाको मेल्बर्न यूनिभर्सिटीबाट सुरक्षा सम्बन्धी विषयमा चौथो लेबलको अध्ययन पूरा गरेका गाहाले विसं २०४८ सालबाट मोटो मसालमा आवद्ध भएर आफ्नो जिवनको राजनीति यात्रा सुरु गरेका थिए ।

तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धमा भूमिगत भएका गाहा जनयुद्धको सुरुवाती चरणमै मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न सहरी तथा ग्रामिण इलाकाहरुको नेतृत्व कुशलतापुर्वक निभाएका थिए । तत्कालिन अवस्थामा माओवादीले निर्माण गरेको विशेष कमिटीमा आवद्ध भई सहरी क्षेत्रमा संगठन विस्तारमा क्रियाशील गाहा शान्ति प्रक्रियापछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पहिलो सरकारकाका बेला समाज कल्याण परिषद्को कोषाध्यक्ष भएर जिम्मेवारी निभाईसकेका छन् ।

माओवादी पार्टीले सञ्चालन गरेको युद्धका समयमा क्रियाशील महत्वपूर्ण भुमिका निभाएका गाहा माओवादी केन्द्रको विभिन्न तह र तप्कामा रहँदै अहिले पार्टीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य छन् । उनै वीरेन्द्रनगर नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार रत्नबहादुर गाहालाई हामिले समृद्ध वीरेन्द्रनगरका लागि गाहाले देखेका सम्भावना र चुनौती र जित पश्चात गाहाको प्राथमिकतामा रहेका योजनाहरुका विषयमा कुराकानी गरेका छौँ ।  प्रस्तुत छ, बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन सँग सम्बन्धित रहेर सुर्खेतपहिचान दैनिकले गाहासँग गरेको कुराकानीको सारसंक्षेप :

१. वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा तपाईको उम्मेदवारी किन ?

वर्षौ देखि प्रतिनिधी बिहिन बनेको स्थानीय निकाय वीरेन्द्रनगर नगरपालिकाको उचित विकास र विकासको नयाँ मोडेल तयार गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मेरो उम्मेद्धवारी हो ।  र प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतलाई पूर्णता दिन मेरो उम्मेद्धवारी हो । वीरेन्द्रनगरलाई समृद्ध शहर निर्माण गरेर सामाजिक र आर्थिक परिवर्तनका लागि नेकपा माओवादी केन्द्र सुर्खेतले देखेको सपना पुरा गर्नका लागि मेरो उम्मेद्धवारी हो । यति मात्रै होईन्, मेरो उम्मेद्धवारी वीरेन्द्रनगरको विकासका लागि आवश्यकता महशुस पनि हो ।
२. वीरेन्द्रनगरका मुख्य चुनौतीहरु केके देख्नुहुन्छ ?

वीरेन्द्रनगरको विकासका मुख्य चुनौति भनेको निर्माण भएका योजनाहरु लागु नहुनु हो । हामि विकासका योजनाहरु निर्माण गछौँ तर, योजनाहरुको कार्यान्वयन नै हुदैँन । यसका लागि खबरदारी र विकासको बानि बसाल्नु जरुरी छ । निर्माण गरेका योजना लागु नहुुनु नै यहाँको चुनौती हो । बाढीपहिरोबाट घरबार बिहिन भएर टहरामा बस्दै आएका जनतालाई व्यवस्थापन गर्नु अर्को चुनौती हो । वीरेन्द्रनगरका युवायुवतिहरुलाई रोजगारीका विकल्प खोज्नु, रोजगारीका लागि उधोगधन्दाको सुरुवात गर्नु अर्को चुनौती छ ।

३. समृद्ध वीरेन्द्रनगरका लागि सम्भावनाहरु के के हुन् र यसको उचित सदुपयोग कसरी गर्न सकिएला ?

समृद्ध र सुन्दर वीरेन्द्रनगरका लागि हामिसँग थुप्रै सम्भावनाहरु छन् । प्रकृतिले निशुल्क रुपमा प्रदान गरेका पर्यटकिय तथा अन्य क्षेत्रहरुको उचित प्रयोग गर्नु आवश्यक छ । सुर्खेतका देउती बज्यै, काक्रेबिहार, बुलबुले ताल घण्टाघर पार्कको उचित संरक्षण र संवद्र्धन गर्नु यहाँका सम्भावनाहरु हुन् । भने रतु, गढिमा होमस्टे स्थापना गर्नु अर्को सम्भावना हो ।

यसको उचित सदुपयोगका लागि राजनितिमा एउटा सकारात्मक संस्कारको विकास गनर््ु आवश्यक छ । चुनावमा हारजित स्वभाविक कुरा हुन्, त्यसैले जित्ने दलले एकलौटि मात्रै नभई हार्ने पक्षलाई पनि सँगसँगै लिएर जाने खालको नेतृत्वको आवश्यकता छ ।

४. चुनाव जित्ने तपाईका प्रमुख आधार अर्थात एजेण्डाहरु के के हुन् ?

हामि परिवर्तनशिल समाजमा छौँ । हिजो के भए भन्दा पनि आज के हुँदैछन् र भोली के गर्ने भन्ने विषयमा हामि माओवादीहरु जोड दिन्छौँ । माओवादी केन्द्रले हिजो के ग¥यो भन्दा पनि माओवादी केन्द्रका आजभोलीका अजेन्डा जनताले हेर्नुपर्छ । जनताको हितमा काम गर्ने कुनै पार्टी छ भने, त्यो नेकपा माओवादी केन्द्र नै हो । वर्षो देखिको नेतृत्वले असम्भव देखेको लोडसेडिगं अन्त्य गर्ने काम माओवादीको नेतृत्वमा अन्त्य भयो । माओवादी केन्द्रका यी अजेन्डा छन्, भनेर हामिले देखाउँदै हिड्नुपर्ने अवस्था छैन । जतिपनि देखिने कामहरु छन् । ति सबै माओवादीका अजेन्डा थिए ।

समाजको विकासका लागि नेकपा माओवादी केन्द्र प्रतिवद्ध छ । ठुलाठुला अजेन्डा ल्याएर जनता झुक्याउने काम हामि गर्दैनौ । हामिसँग वीरेन्द्रनगरको समृद्धिको खाका छ । यहि नै हाम्रो अजेन्डा हो ।

५. मेयर पदमा तपाईले जित्नुभयो भने प्राथमिकताका साथ गर्नु पर्ने केहि प्रमुख योजनाहरु भनिदिनुस् न ?

नेकपा माओवादी केन्द्रले वीरेन्द्रनगर नगरपालिकामा जित हात गरेपश्चात सबैभन्दा पहिलो कामका रुपमा नगरलाई व्यापारीक र पर्यटकिय केन्द्र बनाउने छौँ । प्रदेश नम्बर ६ को समृद्धिको पहिलो आधार नै यहाँको पर्यटन क्षेत्र हो । यसलाई हामि कसैले नर्कान मिल्दैन ।

वीरेन्द्रनगरलाई व्यापारीक केन्द्र बनाउनका लागि हामिले भारत र चिन सँगको नाका प्रदेश नम्बर ६ बाट खुलाउनु पर्ने छ, त्यसका लागि प्रदेश नम्बर ६ का जिल्लाहरुबाट नाका खुलाउने विषयमा आवश्यक पहल कदमी चाल्नेछौँ । यसले गर्दा वीरेन्द्रनगरलाई व्यापारीक हब बनाउन सजिलो हुनेछ । अर्को योजना भनेको वीरेन्द्रनगरलाई २४ घण्टा उज्यालो, सुरक्षित र सफा शहरको रुपमा विकास गर्नेछु । र वीरेन्द्रनगर बासीले झेल्दै आएको खानपानी अभावको समस्याको अन्त्य गर्नका लागि भेरीको पानी वीरेन्द्रनगरमा लिफ्ट मार्फत ल्याउने मेरो अर्को महत्वपूर्ण योजना हो ।

यस्तै नगर बस सञ्चालन गर्ने, फोहोर मैला व्यवस्थापन, बसपार्कलाई व्यवस्थित गर्ने तथा अर्को बसपार्कको निर्माण, हरित शहरको निर्माणमा प्राथमिकता दिनेछु । दुव्र्यसनिको अन्त्य गर्ने र विकसित ठाउंबाट विकास र संस्कृतिको आधान प्रदान गर्ने मेरो योजना हो । यस्तै पर्यटकिय केन्द्रका रुपमा वीरेन्द्रनगरलाई स्थापना गर्ने हाम्रो उदेश्य अनुसार वीरेन्द्रनगरलाई ६ नम्बर प्रदेशमा भित्रिने सबै पर्यटकहरुको प्रवेश द्वारको रुपमा विकास गर्ने, सुर्खेत उपत्यका अवलोकनका लागि आधुनिक भ्यु टावर निर्माण गर्ने र भेरी नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने मेरा मुख्य योजनाहरु हुन् ।

यस्तै वीरेन्द्रनगरमा ५ वर्ष भित्रमा १५ हजार युवालाई रोजगारी सिर्जना गर्ने, नमूना शहरको विकास गर्ने, नगरका वृद्ववृद्वा तथा बालकालिकालाई सम्पुर्ण स्वास्थ्य सेवा निःशुल्क रुपमा प्रदान गर्ने, दुव्र्यसनरहित वीरेन्द्रनगर निर्माण गर्ने, किसानलाई पेन्सन, नगरभित्रका पर्यटकिय स्थलको विकास, आईटी शहर, ढल निकासको योजना निर्माण, सबै वस्तीमा सडक सञ्जाल निर्माण गरेर नगर बस सञ्चालन लगायतका महत्वपूर्ण हाम्रा अजेन्डाहरु छन् ।

६. अन्त्यमा मतदातालाई केही भन्न चाहानुहुन्छ ?

मतदाताहरुलाई मेरो आग्रह के छ, भने राजनितिक दल भन्दा माथि उठेर मतदान गर्नुस । चुनावी अजेन्डा सबै दलका पढ्नुस, ति उत्कृष्ट अजेन्डाहरु मध्यबाट पनि वास्तविकता पहिचान गर्नुस । मतदान गर्दा दल भन्दा माथि उठेर मताधिकार प्रयोग गर्नुस । माओवादी केन्द्र सँग वीरेन्द्रनगरको मुहार फेर्नका लागि थुप्रै अजेन्डा छन्, मेरोजितपश्चात तत्कालै कार्यान्वयनको चरणमा जाने छन् । त्यसैले ढुक्क भएर माओवादी केन्द्रलाई भोट हाल्नुस, सुन्दर र समृद्ध वीरेन्द्रनगर प्राप्त गर्नु भन्न चाहान्छु ।