२०७७ माघ ५, सोमबार

गुमाउनका लागि केही बाँकी छैन शर्माको जीवनमा

बुवा, जीवनसाथी र दाइको सपना पूरा गर्न राजनीतिमा सक्रिय छु ।
उमेरका हिसाबले सानै भएपनि संघर्षको सगरमाथा चढेकी हरिमाया शर्माको जिन्दगीमा गुमाउनका लागि अब केही चिज पनि बाँकी रहेन । जिन्दगीका ३५ बसन्त पार गरिसकेकी शर्माले अहिलेसम्म आफ्नै जीवनसाथी गुमाइन्, जन्म दिने बुवा गुमाइन्, दाई गुमाइन्, बहिनी गुमाइन्, भिनाजु अहिलेसम्म बेपत्ता अवस्थामा छन् ।

२०६१ भदौ २७ जिल्ला वन कार्यालय, दैलेखमा कार्यरत ६२ वर्षीय बुवा कविराज शर्मालाई तत्कालीन शाही नेपाली सेनाले माओवादीको आरोपमा नृशंस ढङ्गले हत्या ग¥यो । ६२ वर्षको उमेरमा कविराज शर्मालाई खरिगैराका विद्यालयभित्र कोठामा थुनेर हातखुट्टा काटेर टुक्रा–टुक्रा पारी हत्या ग¥यो, साथमा रहेकी एक बहिनीलाई पनि बलात्कार गरेर एउटै खाडलमा पु¥यो । शर्माले आफ्नै बहिनी सिता शर्मालाई पनि गुमाउनु परेको पिडा छ ।

बहिनी सिता शर्मालाई २०६९ सालमा जाजरकोटमा राजनीतिक अभियानमा हिँडेको बेला तत्कालीन सेनाले हत्या ग¥यो । भिनाजु व्यवसायी लक्ष्मी अधिकारीलाई पनि जमुनाह प्रहरी चौकीबाट पक्राउ गरेर चिसापानी ब्यारेकबाट बेपत्ता बनाइयो । उनको पनि हालसम्म अवस्था अज्ञात नै छ । त्यस्तै, परिवारकै दाई नारायण शर्मालाई २०५९ साल भदौ ७ गत्ते डोल्पा माझफालमा तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिई हत्या गरेको थियो ।

राजनीतिक कार्यक्रमकै सिलसिलामा उनलाई डोल्पामा हत्या गरिएको हो । जिन्दगीमा यि ठूला पीडा सहेर बसेकी शर्माको जिन्दगीमा अझ ठूलो बज्रपात प¥यो । शर्माको जीवनसाथी ऋषि गौतम (राहुल)लाई २०६६ फागुन २७ गते बसपार्कमा हत्या गरियो । तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता तथा सुर्खेत जिल्ला इञ्चार्ज राहुललाई गाडीले किचेर बसपार्कमै हत्या गरियो । उनको हत्या पनि अहिलेसम्म रहस्यको गर्भमै छ ।

आम प्रायः मानिसहरुको जिन्दगीमा पहिलो जन्मदिने वुवा र त्यसपछि जिन्दगीको साथी महत्वपूर्ण हुन्छ तर उनले यि दुवै चिज गुमाए पनि धैर्यता र संयमता अहिलेसम्म पनि साथमै राखेकी छन् । दैलेख नारायण नगरपालिका–३, खुर्सानीबारीमा जन्मिएर संघर्षपूर्ण जीवन यात्रामा शर्मा कहिल्यै थाकिनन्, निरन्तर लागिरहिन् । ऋषि शर्मा “राहुल”ले पहिलो जीवनसंगिनी राजनीतिक मोर्चाबाटै गुमाएपछि हरिमाया दोस्रो श्रीमती हुन् ।

२०५६ फागुन ३ गते जर्बुटामा तत्कालीन नेपाल प्रहरीले नियन्त्रणमा लिएर राहुलको पहिलो श्रीमती शान्ता पोख्रेललाई बेपत्ता पारेको थियो । शान्ता पोख्रेल बेपत्ता हुँदाखेरी अहिलेसम्म शान्ताबाट जन्मिएकी जेठी छोरी ज्योति गौतमलाई समेत हरिमायाले आमाको न्यानो माया प्रदान गर्दै आईरहेकी छन् । आफूबाटै जन्मिएकी रिया गौतम पनि १० वर्षकी भईन् । दुवै छोरीकी आमा शर्माले आफ्ना धेरै अभिभावक गुमाए पनि आफूले भने दुई छोरीलाई न्यानो अविभावकत्व प्रदान गरिरहेकी छन् ।

वर्षले जम्मा ३५ मात्रै भएकी उनी सानै उमेरमा राजनीतिमा प्रवेश गरिन् । त्यो पनि युद्धकालका कहालीलाग्दा समय उनका लागि राजनीति गर्ने, सिक्ने पाठशालाजस्ता भए । भर्खरै ‘खाउँ–खाउँ, लाउँ–लाउँ’को उमेरमा युद्धमा होमिएकी हरिमाया शर्मा आशा करिब ५ वर्षे युद्ध राजनीति पत्रकारिता र त्यसपछिका १० वर्षे शान्ति प्रक्रियामा राजनीतिमा सक्रिय छन् । हाल उनी नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै वीरेन्द्रनगर नगरपालिकाको उपमेयर पदकी उम्मेद्वार हुन् ।

हाम्रो नयाँ नेपाल दैनिकले तपाईलाई मेयर पदमा किन मतदान गर्ने भन्ने प्रश्नमा शर्माले भनिन्, ‘मैले जिन्दगीका करिब २ दशक सक्रिय राजनीतिमै बिताएँ । आफ्नो जीवनसाथी र बुवा, दाईसमेत मैले राजनीति गर्दैगर्दा गुमाएँ । मेरा बुवा, दाई र श्रीमान् तथा अन्य आफन्तका साझा सपना पूरा गर्न पनि मैले जित्नुपर्छ । मैले अब विशुद्ध सामाजिक सेवामा आफूलाई समर्पित गर्ने हो, त्यसकारण मलाई भोट दिनुहोस् ।’

राजनीतिमा लाभको पद पाएपछि कमाउनुपर्छ, भ्रष्टाचार गर्नुपर्छ भन्ने गलत मान्यतालाई त्याग्दै मूल्य र मान्यताको राजनीति गर्ने र समतामूलक समाज निर्माण गर्ने शर्माको प्रतिबद्धता छ । हामीले प्रश्न ग¥यौँ, ‘जितेपछि तपाईले के गर्नुहुन्छ ?’ उनको उत्तर थियो, ‘जितेपछि मैले वीरेन्द्रनगरबासी सबैका लागि गौरव गर्न लायक वीरेन्द्रनगर बनाउँछु । अभाव, गरिबी र अशिक्षारहित नगर बनाउँछु । तपाईहरु सबैका साझा मुद्दा लिएर म त्यहाँ जाने हो, त्यसकारण तपाईले सोचेकै जस्तो नगर बनाउन तपाईहरुको भोट चाहिन्छ ।’

यस्तै, शर्माले युवा महिलाहरुलाई रोजगार गराउने, बेवारिसे महिलाहरुका लागि सुरक्षित आवास निर्माण, उद्योग, कलकारखाना स्थापना गर्ने, घरेलु हिंसा उन्मूलनका लागि श्रृजनात्मक पहल गर्ने, महिलाहरुलाई आर्थिक आत्मनिर्भर र सबलीकरणका लागि विशेष कार्यक्रम ल्याउने, हिंसारहित समाज निर्माणमा जोड दिने र सुरक्षित स्वास्थ्य योजनाजस्ता कार्यक्रम पनि आफू विजयी भईसकेपछि ल्याउने बताएकी छन् ।

शर्मा समकालीन सुर्खेती राजनीतिको अगुवा महिला नेतृ हुन् । राजनीतिक हिसाबले परिपक्व, वैचारिक हिसाबले आम उत्पीडित समुदायको पक्षमा रहेकी र नेतृत्व क्षमता भएकी शर्मा साँच्चिकै सबै क्षेत्रमा अवसर पाए क्षमता प्रदर्शन गर्न सक्ने नेतृ हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी शर्मा व्यवहारिक राजनीतिमा पनि विद्धता राख्ने र समाजशास्त्रमा पनि राम्रो ज्ञान भएकी नेतृ हुन् । विद्यार्थी राजनीतिको जगबाट आएकी शर्मा नेकपा माओवादी केन्द्रकी केन्द्रीय आयोजक समिति सदस्य तथा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी ६ नम्बर प्रदेशकी संयोजक हुन् ।

केही समयदेखि नेपालमा शान्ति प्रक्रियालाई स्थायी निष्कर्षमा पु¥याउनुपर्छ भन्ने मान्यताका साथ सञ्चालन भईरहेको युद्धबाट क्षतविक्षत भएका मनहरु मिलाउने अभियानमा उनी यस क्षेत्रकी एक अभियन्ता पनि हुन् । हाल स्थानीय शान्ति समिति, सुर्खेतको सदस्यसमेत हुन् । उनले भनिन्, ‘युद्धका कहालीलाग्दा दिन गए, फेरि आउँदो पुस्ताले अर्को युद्ध भोग्नु नपरोस् भनेर मैले द्वन्द्वमा विभाजित मनहरु मिलाउन अहिले पनि स्वयंसेवी भूमिकामा क्रियाशिलता देखाईरहेकी छु ।’ शर्मा योलगायत अन्य धेरै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

आशा गरौँ, हरिमाया शर्माका सपना निश्चय नै पूरा हुनेछन् । उनले गरेको कर्मले उनका सपना प्राप्तिमा भूमिका खेल्नेछ ।