२०७७ माघ ३, शनिबार

सदरमुकाममा विभिन्न दलका अन्तीम कार्यक्रम

सुर्खेत,बैशाख । मौन समय शुरु हुने भएपछि जिल्लाका सबै राजनितिक दलहरुले आफ्नो प्रचारको कार्यक्रमका लागि विभिन्न कार्यक्रम गरेका छन । नेकपा एमाले सुर्खेतले अन्तिम चुनावी आमसभा गरेको छ । राप्रपा नेपालले मोटरसाईकल र्याली गरेको छ ।

काग्रेसले घरदैलो र माओवादीले टेम्पो पार्कमा कोणसभा तथा घरदैलो गरेको छ । वीरेन्द्रनगरका मेयर र उपमेयर पद तथा अन्य उम्मेदवारहरुलाई जिताउनको लागि अन्तिम शक्ति प्रदर्शनसहित काग्रृस माओवादी केन्द्र र एमालेले विभिन्न कार्यक्रम गरेका छन ।
कार्यक्रममा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बालाराम शर्माले आफुले जितेपछि ६ नम्बर प्रदेशको प्रादेशिक केन्द्रको रुपमा वीरेन्द्रनगरलाई विकास गर्ने बताए । एमालेको सभामा सम्बोधन गर्दै पुर्व सांसद शान्ता चौधरीले कमलहरीको अधिकार सुनिश्चित गर्नका लागि एमालेले मात्रै डटेर काम गर्ने भन्दै यो चुनावमा एमालेलाई जिताउन आग्रह गरीन ।

एमाले पोलीटव्युरो सदस्य यामलाल कडेलले काग्रेस माओवादीको विकल्प एमाले भएकाले एमालेका उम्मेदवारहरुा.लाई जिताउन आग्रह गरेका थिए । त्यस्तै माओवादी केन्द्रले आयोजना गरेको कोणसभामा बोल्दै मेयर पदका उम्मेदवार रत्नबहादुर गाहा मगरले वीरेन्द्रनगरलाई सपनाको शुन्दर नगर बनाउन आफुसंग योजना भएको बताए ।

त्यस्तै माओवादी केन्द्रकी उपमेयर उम्मेदवार हरिमाया शर्माले महिलाका समस्यालाई पनि मध्यनजर गर्दै महिला मैत्रि नगर बनाउन लाग्ने बताईन ।