२०७७ मंसिर १५, सोमबार

काउन्सिलद्वारा निर्वाचन आचारसंहिता अनुगमन

सुर्खेत, बैशाख । प्रेस काउन्सिल नेपालले बिहीबार सुर्खेतका सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको अनुगमन गरेको छ । काउन्सिल सदस्य एवम् पत्रकार महासंघका केन्द्रीय सचिव संगीता खड्का र अर्का सदस्य चेतनाथ धमलाको टोलीले आचारसंहिताको अनुगमन गरेको हो ।

काउन्सिल सदस्य खड्काले जिल्लाका सञ्चारमा ध्यमहरूले निर्वाचन आचारसंहिता पालना गरेको पाइएको जानकारी दिइन् । उनले निर्वाचन आयोगको सहयोगमा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. ३, ४ र ६ का प्रमुख जिल्लाका सञ्चा रमा ध्यमहरूले निर्वाचन आचारसंहिता के, कति पालना गरेका छन् भनी जिल्ला तहमै पुगेर अनुगमन गर्ने भनिएअनुसार आफूहरू जाजरकोट, सुर्खेत, दैलेख जिल्लामा आएको बताइन् ।

अनुगमनपछि आयोजित छलफल कार्यक्रममा उनले विगतको तुलनामा सञ्चारमाध्यमहरू सचेत भएका कारण आचारसंहिता उल्लंघनका घटनाहरू न्यून मात्रा भएको जनाइन् । सञ्चारमाध्यमहरू तटस्थ हुनुपर्ने भएकोले आचारसंहिताको अनुगमनमा आएको उनको भनाइ छ ।

अहिले स्थानीय तहको निर्वाचन भएकोले आपूmहरू मूख्यतः निर्वाचन आचारसंहिता अनुगमन गर्न आएको र पछि हुने अन्य निर्वाचनको समयमा पनि काउन्सिलले अनुगमन गर्ने उनले बताइन् । काउन्सिलका अर्का सदस्य चेतनाथ धमलाले स्वस्थ पत्रकारिताका लागि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । काउन्सिलले अहिले आचारसंहिता पालनालाई मूल्याङ्कनम प्राथमिकता दिएको भन्दै उनले विगतको तुलनामा अहिले उल्लंघनका घटनाहरूमा कमी आएको पाइएको बताए ।

पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आचासंहिता जति पालना ग¥यो, सञ्चारमाध्यम उति नै विश्वसनीय हुने बताए । उनले काउन्सिललाई निर्वाचन आचारसंहिता मात्र नभइ पत्रपत्रिका वर्गीकरण, वितरण र आचारसंहिता पालनाको आधारमा पनि उचित मूल्याङ्कन गर्न सुझाव दिए । पत्रकार महासंघ, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व अ ध्यक्ष श्रीधर पा ैड्याल, प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कडेलले आचारसंहिताको पालनाप्रति प्रतिबद्ध भएको बताएका थिए ।