२०७७ माघ ४, आईतवार

मुगुकाे सरस्वती प्रा.वि. मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

मुगु, बैशाख  । मुगुमा मतदानका क्रममा झडप भएको छ । खत्याड गाउँपालिका वडा नम्वर ८ को सरस्वती प्रा।वि। मतदान केन्द्रमा मतदाता परिचयपत्र नल्याएको व्यक्तिले जवरजस्ती मतदान गर्न खोज्दा झडप भएको हो ।

झडप लगत्तै स्थानीय बासिन्दाले माथिबाट ढुंगामुढा प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । प्रहरी सहायक निरिक्षक चेतबहादुर खत्रीका अनुसार हवाइ फायर पश्चात् केहीबेर मतदान कार्यक्रम प्रभावित भएको थियो । हाल स्थिति सामान्य भैसकेको र मतदान शुरु भएको खत्रीले सेरोफेरोलाई जानकारी दिए ।

जिल्लाका अन्य क्षेत्रमा पनि शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । हिजो नेकपा माओवादीका कार्यकर्ताद्वारा मतदान सामग्री लुटिएको छाँयानाथ रारा नगरपालिका वडा नम्वर १२ को नेपाल राष्ट्रिय निमावि मतदान केन्द्रको स्थिति पनि आज सामान्य रहेको छ ।