२०७७ माघ ३, शनिबार

सल्यानका ५ वटै स्थानीय तहमा मत गणना जारी

जेष्ठ, सल्यान  । सल्यानका ५ स्थानीय तहको मत गणना भइरहेको छ। जसमा ३ ठाउँमा माओवादी, एक ठाउँमा कांग्रेस र एक ठाउँमा एमालेले अग्रता लिएको छ।जसमा शारदा न.पा. कांग्रेसका प्रमुखका उम्मेदवार सुरेश अधिकारी ४१, उपमेयर सावित्रा ४३, एमालेका राम खड्की २३, सरिता हमाल २३, माओवादीका प्रमोद श्रेष्ठ १४, झरणा बुढाथोकी ११ र राप्रपाका मननेव प्रधान १० मत प्राप्त गरेका छन्।

यस्तै, दार्मा गाउँपालिकामा कांग्रेसका रामचन्द्र केसीले ९८ र एमालेका उपाध्यक्षमा ६३ मत ल्याएका छन्। दार्मामा कांग्रेस एमाले समीकरण भएको छ । यस्तै माओवादीका निम बहादुर केसीले २०२ र टिका वलीले समान २०२ मत ल्याएका छन्। त्रिवेणी गाउँपालिकामा कांग्रेसका मान ब डाँगीले ३६ उपाध्यक्ष करुणा खड्का ४२, एमालेका लोकेन्द सिहं खड्का ५८, पवित्रा केसुी ५२, माओवादी अध्यक्ष अजय रोका ३३ उपाध्यक्ष लिलावति बुढा ३४ मत ल्याएका छन्।

कपुरकोट गाउँपालिकामा कांग्रेसका दुर्गा गिरी १६, उपाध्यक्षमा ओकी बोहरा १४, भिम ब सेन १८० उपाध्यक्ष तिला बुढा १७९, माओवादीका प्रकाश भरारी १८४ उपाध्यक्षमा एलिना राना १९४ मत आएको छ।