२०७७ मंसिर ११, बिहीबार

जुम्लाकाे गुठीचौर गाउँपालिकामा माअाेवादी विजयी

 जुम्ला । स्थानीय निर्वाचनको पहिलो चरणमा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारीले जित हात पारेका हुन् ।

उनले १ हजार ५ सय ९६ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका क्षेत्रबहादुर भण्डारीले १ हजार ४ सय ६७ भोट पाए । कांग्रेसका दानबहादुर बुढाले ५८७ मत पाए ।

जुम्लाको चन्दननाथ नगरपालिकाको वडानम्बर १ मा कांग्रेस र वडा नम्बर २ मा माओवादी विजयी भएका छन् ।तातोपानी गाउँपालिकाका वडानम्बर १ र २ वडामा माओवादी विजयी भएको छ । पाताराशी गाउँपालिकाको वडानम्बर २ मा माओवादी र १ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।