सल्यानमा माअाेवादीकाे अग्रता
जेठ २, सल्यान । राप्ती अञ्चलको सल्यान जिल्लाका बहुमत स्थानीय तहमा माओवादीले अग्रता कायम गरेको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये ६ वटामा माओवादी अगाडि छ भने दुईवटामा कांग्रेस र एउटामा एमालेले अग्रता कायम गरेको छ ।
बनगाड कुपिन्डे नगरपा

त्यसैगरी बागचौर गाउँपालिकामा पनि माओवादीका लोकमान बुढाथोकीले कांग्रेस र एमालेका उम्मेदवारहरुलाई पछि पारेका छन् ।
कालिमाटी गाउँपालिकामा पनि माओवादीकै पुरुषोत्तम भट्टराईले अगुवाइ गरेका छन् । कपुरकोट गाउँपालिकामा माओवादीका प्रकाश भण्डारीले अगुवाइ गरेका छन् ।
क्षत्रेश्वरी गाउँपाकिलामा माओवादीका चित्रबहादुर केसीले अगुवाइ गरेका छन् ।
त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले अगुवाइ गरेका छन् । जिल्लाको एउटा गाउँपालिका ढोरचौर गाउँपालिकामा एमालेका चित्रबहादुर चलाउने अगाडि छन् ।
जिल्लाका १० वटा स्थानीय तहमा मतगणना जारी भइरहेकोमा मंगलबार बिहानसम्म ६ वटामा माओवादी अगाडि छ भने दुईवटामा कांग्रेस र एउटामा एमाले अगाडि छ ।
कुमाखमालिका गाउँपालिकामा भने विवादका कारण मंगलबार राति १० बजेदेखि मात्रै मतगणना हुने भएको छ ।