२०७७ मंसिर ९, मंगलवार

प्रचण्डसंगका अपेक्षा

Captureसत्ता र शक्तिको वरिपरी घुमिरहने नेपाली राजनीतिमा सरकारका विभिन्न संस्करणका केन्द्र बन्ने र भत्किने क्रम बिगत लामो समय देखि चलिरहेको छ । सरकारहरुको आगमन र बहिर्गमनमा नेपालि जनताको नयाँ प्रतिको अपेक्षा र पुरानो संगको मोह खासै हुदैन ।

कारण सरकार निर्माण र बिघठनको अभ्यस्तताले गर्दा मानिसहरुमा खासै नाबिनताको संचार गर्दैन । नेपालका प्राय ठुला राजनीतिक दल र ति दलका शीर्ष व्यक्तित्वहरु सरकार संचालनको प्रयोगशालामा प्ररिक्षण भैसकेका छन् । देशको परिवेश र सन्दर्भ परिबर्तन नहुनु तर सरकारहरु परिबर्तन भैरहनुले तत्कालका लागि नेपालको सम्रीदीको गतिलो सम्भावना देख्न सकिदैंन ।

नेपालले शान्ति प्रक्रिया संगै राजनीतिकरुपमा महान उपलब्धि हासिल गर्यो तथापी परिब्रतित सन्दर्भसंग देशले बिकाशको गति तय गर्न सकेन । बदलिहने सरकार र अल्झीरहने देशको सम्ब्रीदी बीच नमिलेको हिसाब किताबका बीच देश सधै स्थिर छ तर नेपाली राजनीति सधै अस्थिर ।

६० को दशकमा परिब्रतित् सन्दर्भ संग मानिसहरुमा थुप्रै अपेक्षाहरु थिए । मानिसका अपेक्षा संगै देशको बिकाश र सम्बृदिका थुप्रै सम्भावनाहरु पनि संगै थिए । तर एक दशकको दौरानमा मानिसका धेरै अपेक्षाहरु शिथिल भए । आम मानिसको देश प्रतिको शिथिल मनोदशा सम्भावना भन्दा निराशाले चेपिएका छन् ्र हुनत संसदिय अभ्यासमा सरकार निर्माण र बिगठनको अंक गणित चल्याएमान हुन्छ । संसारका विकाशील देखि बिकसित देशहरु सम्म संसदीय गणितको जोड घटाउमा क्रियाशील हुन्छन ।

जब सम्म एक कुनै राजनीतिक दलले बहुमत प्राप्त गर्न सक्दैन तब सम्म गठबन्धनका विभिन्न शृंखला चलिरह्छन । र नया निर्माण र पुरानो बिगठनको यो प्रक्रिया नेपाल जस्तो मिश्रित चुनाब प्रणाली अख्तियार गरेको देशमा सामान्य जस्तै भएको छ । तर संसारका कति धेरै देशहरुमा सरकार अदलीबदलीको प्रक्रियाले देशको बिकाश र सम्रिदीमा खासै असर गरेको देखिदैन ।

सरकार निर्माणमा बदलिएको अंक गणित र देशको बिकाशको कोर्ष फरक फरक ढंगले अगाडी बढ्छ । बिडम्बना नेपालमा तेस्तो देखिदैन राजनीतिक अश्थिरताले देशमा अस्तबेस्ताता मौलाउछ र तेही असताबेस्ताताका बीच सरकारको नया गणित निर्माण हुन्छ ।

नेपाली राजनीतिको ५० र ६० को दशकमा राष्टिय अन्तराष्टिय रुपमै सर्बा्दिक चर्चाको शिखरमा रहेका प्रचण्डलाइ यतीबेला फेरी सत्ताको बाग डोर हात परेको छ । नेपालमा ५० को दशकमा जनयुद्धको थालनी गरि यसको चरम बिकाश ६० को दशकको सुरुवाती संगै शान्ति पूर्ण बैधानिक अबतरण गरेका प्रचण्ड युद्ध कालमा जति चर्चामा रहे तेतिकै चर्चा शान्तिकालमा पनि बटुले ।

बुलेटको राजनीति गर्ने भनेर आलोचित प्रचण्ड ब्यालेटमा आएर पनि संबिधान सभाको चुनाबबाट सबभन्दा ठुलो दलको रुपमा स्थापित भएर सरकारको नेर्तित्व गरे । गठबन्धनको धोका र आफ्नै संसदीय अभ्यासको अपरिपक्कताले नौ महिनामै सत्ता बहिर्गमनमा परेका उनले तेस्पछीका दिनहरुमा समेत आफ्नो भूमिका लाई मजबुत बनाइराखे ।

उनको बहिर्गमन संगै बनेका सरकारहरु निर्माणमा धेरै भूमिकामा रहेका प्रचन्डले आफ्नो पार्टी भने जोगाइराख्न सकेनन । आफ्नै पार्टीमा आएको फुटलाई समेत बेवास्ता गर्दै पार्टी निकट जनमुक्ति सेनालाइ नेपाली सेनामा समायोजन गरे । पहिलो संबिधान सभाको समय सिमा समाप्त भइसकेको अबश्थामा देशमा राजनीतिक निकाशको अन्यौलताको अबस्थामा गैर राजनीतिक चरित्रको सरकार निर्माण गरेर द्रोसो संबिधान सभाको चुनाब गराए ।

देशको राजनीतिक संकटको किनारा लागाउन नया बिधि र पद्दति को खोजि गर्दै त्यसको प्रयोग र कार्यन्वयनमा कुशल खेलाडी प्रचण्ड नेपालि राजनीतिका अब्बल खेलाडी मानिन्छन । संबिधान सभा भाग दुईको चुनाबबाट आकारमा खुम्चेका उनि भूमिकामा भने सधै केन्द्रमै रहीरहे ।

उनको आफ्नै बोलिका कारण यदाकता अन्तर पार्टी र पार्टी इतरमा आलोचित भए पनि राजनीतिक अश्थिरताको अचुक उपाएको खोजिमा भने उनि माहिर मानिए । प्रचण्ड नबिनता संग रमाउछ्न र यथास्तिथिको क्रमभंगताको खोजि मा तहलिनी हुन्छन । यहि उनको चारित्रिक स्वभाबका कारण सबैले उनलाई बुझ्न सक्दैनन् ।

शान्ति पूर्ण राजनीतिको दुई दशकको यो कालखण्डमा नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड कतिले खलनायक को रुपमा चित्रण गरिरहदा पनि उनको भूमिकाले नायक बनाइरह्यो । संसदको आकारमा खुमचिएपनि भूमिकामा सधै अगाडी भएरै होला प्रचण्ड फेरी एक पटक सत्ता आरोहण गरेका छन् ।

यतिबेलाको प्रचण्डको सत्ता आरोहणमा चौतर्फी चुनौतीको पहाडहरु छन । देशको आर्थिक ब्रिदिदर शुन्य प्रतिसत भन्दा कम भएको बर्तमान अबस्थामा संबिधानको कार्यन्वन कम जटिल छैन । नया संबिधान कार्यान्वन संगै केहि बर्ष भित्र तिन तह को चुनाब गर्नुछ । तेती मात्र नभई सहयात्री दलहरु संगको सम्बन्धलाइ मजबुत बानाउनु पर्नेछ त उता प्रतिपक्षमा रहेका दलहरुलाइ समेत बिस्वास दिलाएर मधेशबादी दलहरुका मागलाइ सम्बोधन गर्नुछ ।

नेपालको भूराजनीतिक सन्तुलन पनि तेतिकै महत्वपूर्ण छ । आजको भूमण्डलीकरण बिश्व समाजमा भारत चीन लागाएत् अन्य छिमेकी संगको सम्बद्ध समधुर बनाउनु पर्ने वर्तमान आबस्यकतालाइ पनि सम्बोधन गर्नुछ । देशका अधिकाश युवाहरुका ओठमा झुण्डीएको विदेश मोहले देशको बिकराल बेरोजगारीको अवस्थाको चित्रण गर्छ ।

दुर दराजका गाउ बस्तिहरु अहिले पनि आदिम दुखको जीवन बेतित गरिरहेका छन् । शहरहरु घन्टौ अन्धकारमा रात बिताउन बाध्य छन् । यी समस्याका पहाड बोकेर उभिएको नेपाल गत बर्षको भूकम्पले थिलोथिलो छ । भूकम्प पिडितहरु अहिले सम्म खुल्ला आकाश मुनि दुखका कथाहरु बुनिरहेका छन् ।

बिगतका सरकारहरुले कुर्चीको न्यानोमा भूकम्प पिडितका थुप्रै भजन गाए । तर भूकम्प पिडितहरुले जीवन पीडाको आशुसंग निर्जन समय बेतित गरिरहे । प्रत्येक बर्ष मनसुनसंग भिर्तिने नेपालीका दुखका दिन यो बर्षपनि बिपत संगै भिर्तिए । बाढीपहिरोले धेरैलाई उठिबास गरेको छ ।

जता हेर्यो अभाब, संकट, र चुनौतिहरु पहाड बनेका छन् । यहि संकटका बीच सत्ता आरोहण गरेका प्रचण्ड संग नेपालीका धेरै आशा हरुछन् । दुनियालाई थाहा छ प्रचण्डसंग यी सबैको समधानको उपाय छैन । तर प्रचण्डले गर्न सक्ने धेरै छन । सर्बप्रथम त चुनौतीका च्यांगबाट समस्याहरुको प्राथमिकताको निर्धारण गर्नु आबश्यक छ ।

जनताको प्रतक्ष्य जनजीवन संग गासिएका मुद्दाहरुबाट उनि भाग्न सक्ने छैनन् । नेपाली जनताका जनजीविका मुद्दाहरु उनको कार्य योजनाकोपहिलो प्राथमिकतामा पर्नुपर्छ । हिजो जनयुद्ध देखि शान्ति काल सम्म नेपालीलाई बाडेका सपनाहरु केहि हद सम्म पुरा गर्ने कार्यकारी पदमा पुगेका प्रचण्डलाई यति बेला सुनौलो अबशर छ ।

यो देशका तमाम किशान, आदिबासी, जनजाती, मजदुर र उत्पीडित बर्ग समुदायहरुले प्रचण्ड र उनले नेर्तित्व गरेको दलसंग ठुलो अपेक्षा गरेका छन् उनीहरुका आधारभुत समस्याहरु सम्बोधन प्रचन्डले गर्न सकेनन र न्युनतम रुपमा उनीहरुलाई सकारात्मक परिबर्तनको आभाष दिलाउन सकेनन भने उनको कार्यकाल पनि निरन्तरता को निरन्तरता बाहेक केहि हुनेछैन । एक थान सरकार र प्रधानमन्त्रिको पदका लागि मात्र अहिले सम्मको उनको संघर्ष साबित हुनेछ ।
भूकम्प पिडित जनताका समस्यालाई तत्काल सम्बोधन गर्न उनीहरुको बसोबासका लागि तत्काल पहलकदम लिनु आबश्यक छ ्र यो बर्षको मनसुनले धेरै मानिसहरु घरबार बिहिन भए ।

उनीहरुको आधारभूत आब्श्कता तत्काल पुरा गर्दै पुनर्स्थापनाको तत्काल ठोस कार्यान्वनको सहितको योजना तयार गर्नुपर्छ । देशले प्राप्त गरेको संबिधान कार्यान्वयनको मुद्दा तेतिकै जटिल छ । यसको कार्यान्वनको लागि धेरै नियम बनाउनुछ ्र नयाँ संरचना अनुरुप तिन तहको चुनाब गराउनु छ ।

त्यो भन्दा अगाडी अझ मदेशबादी दलका मुद्दाहरु को सम्बोधन गर्नुछ । त्यसका लागि प्रचन्डले फेरी एक पटक सत्ता साझेदार र सत्ता बाहिरका सबै दलसंग बृहतररूप राजनीतिक सहमतिको प्रारूप तयारको पहल गर्नुपर्छ । जसले संबिधान कार्यन्वयन देखि सबै प्रकारका राष्टिय मुद्दाहरु सम्बोधन गर्न धेरै भन्दा धेरै दलहरुको सहमति जुटाउन सकिन्छ ।

नेपालको भूराजनीतिक अबश्थाले उत्तर वा दक्षिण कुनै एक दिशातर्फको झुकाबले नेपालको सर्बपरी हित हुने देखिदैन । त्यसैले उनीहरुबीचको सन्तुलनलाई समदुरीमा राख्दै उनीहरुको सम्बन्धलाई नेपालको राष्टिय स्वर्थमा प्रयोग गर्न सक्नुपर्छ । त्यो तहको कुटनीतिक चतुरता प्रचण्डले प्रकट गर्न सकेन भने नेपाल संकटमा पर्न सक्छ ।

यति धेरै समस्या र जटिलता झेलिरहेको नेपालका मुलभूत मुद्दालाई बेवास्ता गरेर सभा समारोहमा सम्बोधन र उद्घाटन गर्दै आफ्नो कार्यकाल गुजारे उनि औषत प्रधानमन्त्री हुनेछन । केहि सिमित पार्टीका क्याडरका लागि जागिर केहि नेताका लागि मन्त्रि पद केहि समयको बालुवाटारको बासका लागि सत्तामा उक्लिएको आभास हुनेछ ।

नेपालको इतिहासमा पहिलो दुईपटक प्रधानमन्त्री बन्ने कम्युनिष्ट नेता बाहेक केहि हुनेछैनन् । यदि उनि औषत प्रधानमन्त्रीमा सिमित भए प्रचण्डको डाइनामिक लिडरसिप पुष्पकमल दाहालमा गएर स्खलित हुनेछ । नेपाल र नेपाली माझ अझ बढी निराशा र संकट थपिदै जाने प्राय निश्चित छ ।

त्यसैले प्रचण्ड यतिबेला खुम्चेको पार्टीको आकार तन्काउन र नेपाल जनताको अपेक्षालाई चलाएमान बनाउन युगिन अबशर छ । यो अबसरको सदुपयोग गर्न बाट प्रचण्ड चुक्नुहुदैन ।