२०७७ मंसिर ९, मंगलवार

चिङगाड गाउँपालीकाकाेअध्यक्षमा कांग्रेसका देवबहादुर चन्द विजयी

सुर्खेत ।नेपाली कांग्रेसका देवबहादुर चन्द २९४९ मतसहित चिङगाड गाउँपालीकाकाेअध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका बखतबहादुर खत्रीले २३८५ मत पाएका छन् भने माओवादी केन्द्रका बोधविक्रम जिसीले १७२१ मत ल्याएर पराजित भए ।

त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसका मनमाया आचार्यले २८७७ मत ल्याएर विजयी भएकी छन् भने प्रतिद्वन्दी एमालेकी दीपा कुमारी रानाले २४१४ र माओवादी केन्द्रकी तेजकुमारी राना १५१९ मतका ल्याएर पराजित भइन् ।
चिंगाडका ६ वडाहरु मध्ये १, २, ४ मा कांग्रेसको प्यानल र ३ तथा ५ वडामा माओवादी केन्द्रको प्यानल र वडा नम्बर ६ को अध्यक्षमा तथा सदस्यमा एमालेका उम्मेदवार विजयी भएपनि बाँकी सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिए ।