२०७७ मंसिर १०, बुधबार

परिवर्तनका लागि निष्ठा

एकदम चर्चित नारा छ, ‘सिंहदरबारको अधिकार गाउँघरमा’ । यो चर्चित नारा उसैले तय गरेको हो, जो सिंहदरबारको अधिकार गाउँघरमा ल्याउन दश वर्ष लडाइँ लड्यो । व्यवस्थाका विरुद्ध लडेको लडाइँले अन्ततः सफलता पनि प्राप्त ग¥यो ।

त्यही भएर नै देशमा संबिधान लेखियो, गणतन्त्र आयो र संघीयता कार्यान्वयन हँुदैछ । यही संघीयता कार्यान्वयनको खुड्किलो स्वरुप यो पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ । अब यो निर्वाचनपछि पार्ने प्रभावका बारेमा धेरै चर्चा हुन सक्छ । फेरि पनि हामी नागरिकता वा राहदानी बनाउन काठमाडौं जानुपर्ने बाध्यता आइलाग्यो भने संघीयताको कुनै पनि काम छैन । तर हामी हाम्रो गाउँघरमै आएको सरकारको घरदैलोमा सबै काम ग¥यौं भने यसले परिवर्तनको अनुभूति दिन सक्छ । त्यतिमात्रै होइन, परिवर्तन क्रमशः अझ विकास भईरहेको अनुभूति पनि हुन सक्छ ।

मूख्यगरी आम नागरिकहरुलाई परिवर्तन र गाउँघरमुखी सेवा प्रवाह नै संघीयताको विशेषता हो । त्यतिमात्रै होइन, एउटा केन्द्रले लिएको सबै अधिकार सबै क्षेत्रलाई वितरण गर्ने कुरा पनि संघीयताको विशेषता हो । अहिले हामी सबै त्यही गर्दैछांै । जसले संघीयताको कार्यान्वयनसँगै केही नयाँ हुने अपेक्षाका साथ बसिरहेको छ । अहिले निर्वाचित भएका सबै जनप्रतिनिधिहरुले पनि परिवर्तनको अनुभूति दिलाउने गरी काम गरेनन् वा भएको संरचना पनि त्यसै अनुरुप काम गरेनन् भने कुनै पनि हालतमा यो नाम मात्रको संघीयता हुनेछ ।

तर केही परिवर्तनको अनुभूति हुने गरी केही अपेक्षा पूरा हुने गरी काम सम्पादन भए भने मात्रै हामी सबैले दावी गरेकोजस्तो व्यवस्था हुन सक्छ । त्यसका लागि खबरदारी र निष्ठा चाहिन्छ । यो सबैले गर्नैपर्ने महत्वपूर्ण काम हो ।