२०७७ माघ ३, शनिबार

प्रकाण्डकै गृहनगरबाट ५८ प्रतिशत मत खस्यो

जेठ ७, कालिकोट | स्थानी चुनाव बहिष्कार गरेकाे नेकपाका प्रबक्ता प्रकाण्डकै गाउँमा ५८ प्रतिशत मत खसेकाे छ ।कालिकाेटकाे नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रियामा करिब ८ सय ७९ मतदाता रहेको केन्द्रमा आज जम्मा ५ सय ७ मत खसेकाे हो । बेखाख ३१ गते नेकपा का कार्यकर्ताले अवराेध पुरयापछी प्रहरीकाे गाेली बाट राप्रपाका उम्मेदवारकाे धनरूप बटालाकाे मृत्य भएकाे थियाे ।

आज विहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया अहिले ५ बजे सम्म संचालन भै मतदान प्रक्रिया शान्तिपूर्ण सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न भएपछि आजै सबै टोली मतपेटीका सहित नरहरीनाथ गाउपालिकाको केन्द्र कुमालगाउमा फर्किसकेको छ ।

सेरापाटा केन्द्रकाे मतगणना आज साझैबाट सुरु हुने कार्यालयले जनाएको छ । जिल्लाका अन्य ३ वटा नगरपालिका र ५ वटा गाउपालिकामा यसअधि नै मतगणना भै विजयी घोषणा सहित विजयी प्रमुख तथा उपप्रमुख लगायत अन्य पदाधिकारीहरुले कार्यभार समालिसकेका छन् ।

नरहरीनाथ गाउपालिकामा करिव ९ हजार ८ सय १७ मतदाता रहेकोमा करिव ७६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । नरहरीनाथ गाउपालिकाको सेरापाटा मतदान केन्द्र बाहेक अन्य केन्द्रमा ३१ गते नै मतदान प्रक्रिया सम्पन्न भैसके पनि स्थगित मतदान केन्द्रका कारण आज सम्म रोकिएको थियो । सबै मतपेटिका निर्वाचन अधिकृत कार्यालय तर्फ आइसकेकाले अबको २ दिन भित्र नरहरीनाथ गाउपालिकाको मतपरिणाम सम्पन्न गर्ने गरी तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।