२०७७ मंसिर १३, शनिबार

प्रहरीकाे गाडी दुर्घटना हुँदा एककाे मृत्यु

जेठ ९, सुर्खेत। कालीकाेटबाट सुर्खेतर्फ आउँदै गरेको ना १ ज ४७६ नम्बरको  नेपाल प्रहरीकाे गाडी वीरेन्द्रनगर–१४काे साउनेपानीमा दुर्घटना भएकाे छ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीकाे गाडि (मिनीटरक) केहीबेर अघि दुर्घटनामा परेको हो ।

दुर्घटनामा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको निधन भएको छ । चन्दलार्इ उपचारको क्रममा लैजादै गर्दा उनकाे मृत्यु भएको प्रहरीले बताएकाेछ ।

गाडिमा सवार अन्य  ३० जना मध्ये २५ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये केहीको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइहेको छ भने केहीको वीरेन्द्रनगरस्थित नर्सिङ होममा उपचार भइरहेको छ ।

गाडी सडकबाट अन्दाजी २ सय मिटर तल खसेको ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिए । गाडी अयन्त्रित हुँदा दुर्घटना भएको जानकारी दिएका उनले  मृत्यु हुनेमा रुकुम घर भएका प्रहरी जवान तारा चन्द भएको प्रहरीले जानकारी दियो ।  दुर्घटनामा अन्य घाइतेहरुको वीरेन्द्रनगरको देउती हस्पिटल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।