२०७७ कार्तिक ११, मंगलवार

यदी देशको प्रधानमन्त्री भएछु भने, धनि र गरिब विचको खाडर अन्त्य गर्थे, – खड्का

mamama
                       चर्चित गाएक, मनसिङ खड्का

१. के छ खबर ?
हजुर… ठिकै छ, आरामै छु ।

२. आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
म त गीत संगीत मै जीवन समर्पित गरेको मान्छे, पुरानै कामको निराणतरता, यहीँ गीत संगीत मै समय दिरहेको छु । गित संगितमै व्यस्त छु । भन्नु पर्छ ।

३. मान्छेत हेन्डसम हुनुहुन्छ, कत्तिको आयो कलेजमा पढदा लभलेटर ?
हा हा हा …लभलेटरहरु त खासै आएन, कहिले काँही आएहोलान तर मैले वास्ता गरिन ।

४.उम्मेर त भै सक्यो विहे गर्ने बेला भएन र ?
हा..हा…हा… बिहे भन्ने कुरा यस्तै हो, बिहे उमेरले भन्दा पनि परिस्थितीले हुने भएकाले, यो कुरामा कुनै पिर छैन ।

५. तपाईको जन्मा कस्का निम्ती ?
मेरो जन्म आफ्नै निम्ति भाको हो, म जन्मिय खुसी छु,  जन्मियर जिउन चाही अरुको लागी जिउछु । ६. आमा र प्रेमिमध्ये एक जनालाई रोज्दा…..??
आमालाई रोज्छु, किनकि यो संसारमा आमा भएर त म भए, आमा भएरै यो संसार देखियो । आमाको यो मातृस्नेह मैले बिर्सन हुँदैन, आमाको जस्तो माया र स्नेह अन्त कतै पाईदैन । मेरो जिवनको संम्पुर्ण सफल्ताको लागी मेरो आमा नै हुनुहुन्छ । त्यसैले आमालाई रोज्छु ।

७. तपाई हिँड्दै गर्दा बाटोमा पाँच केजी सुन भेटाउनु भयो भने के गर्नु हुन्छ नि ?
हा हा हा … अति गारो कुरा गर्नुभयो, सगभर यस्तो किसिमको वातावरणको सिर्जना सायद नहोला, यदि साचिँ पाँच केजी सुन भेटिहाले भने पनि, पाँच मिनेट हेरथ्र्ये नजिकैबाट, नछोएर आफ्नो बाटो लाग्थे । कि कसो ?

८.आज सम्मा कति ओटा एलवंम निकालनु भयो ?

मेरो औपचारिक सांगीतिक यात्रा शुरु भएदेखि आज सम्म जम्मा जम्मि २९ वाट पुगेछ ।

९.तपाईको एलवंम भित्रकै मन पर्ने एउटा गित ?
आफुले आएका सबै गीतहरु राम्रो लाग्छ, हजुरले सोधिहल्नु भयो, मेरो पहिलो गीत । “हरेक पलपल तिम्रो याद मनम आउँन थाल्यो” संगीतकार रामु खड्काले संगीत गर्नु भको थियो सोरमा दीदी मनु मंदिरले साथ दिनु भको थियो । यस्तै एउटा गीत सुर्खेती श्रष्टा बरिष्ट कलाकार प्रेमदेव गिरिको सब्द, संगीत, सुर्खेती झयाउरे आउँदैछ ।

१०. राज्यले तपाईलाई यो देशको प्रधानमन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथमिकता के हुन्छ ?
हा हा हा … मेरो लागी यो पनि अली असंम्भब कुरा हो । यदी यो देशको प्रधानमन्त्री भएछु भने । धनि र गरिब विचको खाडर अन्त्य गर्थे, अझै पनि हाम्रो समाजमा छुवाछुत जिवितै छ । छुवाछुतको अन्त्य गर्थे, महिला संन्साको अन्त्यगर्न विभिन्न कार्यक्रमहरु ल्याउँथे ।

mmm११. साक्षात भगवान प्रकट भएर कुनै तिन चिज माग भने के माग्नु हुन्छ ?
हा….हा….हा… आफ्नो खुसीको लागी बाबा, आमाको अमर आयु मग्थे अनि देशको लगी गतिलो संविधान मग्थे ।

१२. तपाईलाई मनपर्ने खाना ?
सादा सिम्पल खाना तोरीको साग र रोटी मन पर्छ ।

१३.डान्स बारमा कत्तिगो जानु हुन्छ नि ?
हा…हा…हा… आज भन्दा दुई वर्ष अगाडि एक चोटी गएको थिए, सब परीवार संग ।

१४. मन पर्ने संगित ?
म त लोक संगितलाई माया गर्ने मान्छे, लोक गित अलि बढि सुन्छु, प्राय सबै प्रकारका गितहरु मन पर्छ ।

१५.मन पर्ने ठाँउ ?
आफनै मातृभुमी सुर्खेत मन पर्छ ।

१६. कलकारितामा कतिगो संघर्ष गर्नु भयो ?

समयको परिवर्तित चक्रमा जीवनका चुनौती संग जुध्न कती बेला कुन मोड्मा किनारा लागिन्छ पतो हुँदो रहेन्छ । संघर्षका पदयात्रा त कति चालीयो तर पनी धेरै अग्रजहरुको साथ सांगीतिक संस्थाको साथ भरपुर पाए, जसमा साहारा सांस्कृतिक परिवार मैनतडा, बागीना समूह सुर्खेत, लगायत दीदी मनुमन्दिर, दादा मंगल अनि पछिल्लो समयमा भद्र नकाल, छबिलाल बीष्ट, युबराज गुरुंङ, तारा सोमई अनि म सँगै सहयात्रा गरीरहने मेरो प्यारो साथी निर्मल केसी लगायतको साथ सहयोगले कुनै गारो महसूस भएन ।

१७. तपाईलाई कस्ता खाल्का व्याक्ती मन पर्छ ?
मलाई खासगरी हाम्रो भन्दा पनि राम्रोलाई प्राथामिक्ता दिने व्याक्तिहरु मन पर्छ ।

१८. मन पर्ने कपडा ?
समय र मौसम अनुसार जे लगाए पनि नेपाली पोसक दौरा सुरुवाल मन पर्छ ।

१९. सेक्स प्रती यँहाको सटिक धारणा ?
सेक्स प्राकृतिक कुरा हो, सेक्स भन्ने कुरा निश्चित सिमा समय उमेर निश्चित व्याक्ति संग सकारात्मकरुपले हुनुपर्छ । तर यसकै पछी भने लाग्नु हुदैन ।

२०.नेपाली समाजमा सेक्स स्वतन्त्र हुनुपर्छ भन्ने पक्ष मा कि विपक्षमा ?
स्वतन्त्र हुनुपर्छ भन्ने बिपक्षमा छु माफ गर्नु होला । यो भन्दा बढी बोलिन ।

२१. जिन्दगीमा के गर्दा मजा आउँछ ?
मलाई मेसेन्जर चलाउँदको टूई…टूई…टूई….साउण्ड आउँदा मज्जा आउछ ।

२२. जिन्दगीमा भुल्नै नसकेको दुखकोे क्षणलाई समझिँदा ?
जीवनमा यस्ता तीता, मिठा अविस्मर्णीय पल त अनगिन्ती छन, तर एउटा घटना भन्नु पर्दा पोहोर साल कालीकोटको महोत्सवमा गएको बेला गाडिको यात्रा निकै कास्ट पूर्ण थियो झण्डै कर्णालिमा खसेको थिएन ।

२३. कहिले काहीँ यो कलकारिता क्षेत्रतिर किन लागेछु जस्तो लाग्दैन ?
नाई, लाग्दैन जव जीवन जिउन सबैको आआफ्नो तरीका हुन्छ, सबैले आफ्नो पेसा अंगाल्नै पर्ने हुन्छ । त्यसमध्य मैले पनी सांगीतिक पाटो अंगाले कुनै पनी काममा संघर्स अवस्य गर्नु पर्छ । निरंन्तरता चाहिन्छ तेसैले म आफ्नै पेषामा संन्तुष्ट छु ।

२४. यदि मरेर भुत भएसी कस्लाई तर्साउनु हुन्छ ?
हा हा हा …. रमाइलो प्रश्न, यदि भुत भएछु भने यहाँका, चोर सामान्ंती, ठग, हत्याराहरुलाई, दिउसै लखेटथ्ये कुनै कुनै घामट, नेताहरुलाई पनी छोड्ने थिएन ।

                                                                                                                                         प्रस्तुती ः यज्ञबहादुर खत्री