२०७७ माघ १४, बुधबार

राजनैतिक अर्थशास्त्र

निजी स्वामित्वमा आधारित पुँजीवादी अर्थतन्त्र अन्र्तगत समाजवादी अर्थतन्त्रका अङ्गहरू जन्मन र परिपक्व हुन सक्दैन । समाजवादी राज्यसत्ताको मातहतमा लामो सङ्क्रमण कालको अवधि पार गर्नु पर्छ । पुूजीवाद शान्तिपूर्ण रूपले समाजवादमा विकसित हुन्छ भन्नु माक्र्सवादको गम्भीर तोडमोड हो । सम्पूर्ण स्रक्रमण कालको अवधिमा उत्पादक शक्तिहरूलाई समाजवादको विजय सुनिश्चित गर्ने आवश्यक चरणसम्म विकसित गर्न सक्षम बनाउनु पर्छ । समाजवादका लागि सर्वहारा वर्गले सबै श्रमजीवी जन समुदायलाई आफ्नो वरिपरि सङ्गठित गर्नु पर्छ । सर्वहारा वर्गको राज्यसत्ता स्थापित भएपछि सङ्क्रमण काल सुरु हुन्छ । समाजवादका आधारभूत तत्वहरूको विकास गर्दै अगाडि बढ्छ । क्रान्तिमा सफलता प्राप्त गर्नका लागि परिपक्व पार्टी हुनु सबैभन्दा महत्वपूर्ण स्थिति हुन्छ । जनताको क्रान्तिकारी हिंसाको सहयोगबाट शत्रुलाई परास्त गर्ने र प्रत्याक्रमणलाई दबाउने गरेर मात्र उत्पादक शक्तिको विकास गर्ने उद्देश्य पुरा हुन सक्दछ । समाजवादी निर्माणको काम सम्पन्न गर्न प्राविधिक पक्ष र राजनीतिक पक्षलाई आपसमा मिलाएर लैजानु पर्छ । विचारधारात्मक र राजनैतिक कार्यले आर्थिक र प्राविधिक कार्यको आत्माको काम गर्दछ । त्यसैले यी दुई अलग भएमा समाजवादी निर्माणको कार्य असम्भव हुन्छ । सङ्क्रमणको अवधिमा अर्थतन्त्रको प्रमुख अन्तर्विरोध पुूजीवाद र समाजवादका बीचमा हुने हुनाले सबैले ग्रहण गर्ने गरेको समाजवादी क्रान्तिलाई पूर्णता दिनका लागि राजनीति अर्थशास्त्र र विचारधारा तीन वटै मोर्चामा सूगैसूगै प्रगति गर्नु पर्छ । पुूजीवाद र समाजवाद पारस्पर विरोधी दुई व्यवस्था भएकाले पुूजीवादबाट समाजवादमा रूपान्तरण गर्ने क्रममा जनतालाई पुनः प्रशिक्षण र सङ्घर्षका कामलाई महत्वका साथ ध्यान पुर्‍याउनु पर्छ ।
चीनमा व्यक्तिगत अर्थतन्त्रबाट सामूहिक अर्थतन्त्रमा रूपान्तरणका लागि पारस्परिक सहयोग टिम, प्रारभ्भिक रूपका सहकारी, सम्मुन्नत सहकारी र जन कम्युनहरू गर्दै क्रमशः अघि बढेका थिए । ती विभिन्न चरणहरूले व्यक्तिगत अर्थतन्त्रबाट सामूहिक अर्थतन्त्रमा रूपान्तरण गर्ने काममा आंशिक गुणात्मक परिवर्तन गर्दै पूर्णतातिर अघि बढाए । वर्गहरू निर्मूल पार्न युद्ध नै चाहिन्छ र युद्धले नै हतियार निर्मूल पार्ने, वर्ग निर्मूल पार्ने र सधैूका लागि शान्ति स्थापना गर्ने कामको फैसला गर्दछ । वर्ग रहेसम्म वर्ग स्वार्थ कायम रहने र हतियार जम्मा गर्ने काम भई रहने हुनाले हतियार निर्मूल पार्न पनि वर्गयुद्ध गर्नै पर्छ । उत्पादक शक्तिहरूको विकासमा सधैूं उत्पादन सम्बन्धको परिवर्तनले मुख्य भूमिका निर्वाह गर्छ । राज्यसत्ता कब्जा गर्ने जनमत तयार नगरेसम्म स्वामित्वको समस्या समाधान गर्न र उत्पादक शक्तिहरूको विकासलाई विस्तार गर्न पनि सकिन्न । श्रमका दौरानमा नेतृत्वको समतावादी दृष्टिकोण स्थापित व्यवहार परिवर्तनमा मजदुर र व्यवस्थापक दुवैको सहभागिता बढाउने र कार्यकर्ता, मजदुर र प्राविधिक तीन वटै पक्षको समायोजन गर्ने काम अति महत्वको हुन्छ । धेरैपछिसम्म त्यसका लागि प्रयत्न गर्नु पर्छ । समाजवादी समाजको निर्माणका लागि अघि बढेका र पिछडिएकाहरूबीच पनि अन्तर्विरोध चली रहन्छ । अन्तर्विरोध समाधानका तरिका आत्मालोचन र आलोचनाहरू हुन् । अज्ञानताबाट ज्ञानतर्फ जानका लागि व्यवहार र अध्ययनको आवश्यकता पर्दछ । परिमाण प्राप्त गर्न र असफलता पन्छाउनका लागि व्यवहारबाट अघि बढ्नु पर्छ । त्यसका लागि पनि अध्ययनको आवश्यकता पर्दछ । किनभने सिद्धान्त र व्यवहारमध्ये सिद्धान्त प्रमुख भए पनि व्यवहारमा लागु नहुने सिद्धान्तको कुनै अर्थ र औचित्य हुन्न ।
अर्थतन्त्रको विकास गर्ने समयमा प्राविधिक व्यक्तिहरू र कार्यकर्ताहरू अभाव हुने र आवश्यक्ता र आपूर्तिबीच अन्तर्विरोध देखा पर्ने हुन्छ । त्यो समस्या समाधान गर्न धेरै प्राविधिक विद्यालयहरू सञ्चालन गर्ने र कार्यकर्ताहरूलाई प्रशिक्षण गर्ने गर्नु पर्छ । त्यसरी समस्या सतहमा आउने र समाधान गर्ने सिलसिलामा जनता पनि बढी सचेत हुन्छन् । उद्योग र कृषिलाई समान रूपले विकसित गर्ने र साना तथा ठुला उद्योगको विकासमा पनि उत्तिकै ध्यान दिने गर्नु पर्छ । माक्र्सले उत्पादनका साधनहरूको स्वामित्व निर्णायक महत्वको विषय भएकाले उत्पादनका साधनहरूको वितरणले उपभोक्ता सामग्रीहरूको वितरणलाई सुनिश्चित गर्छ भन्नु भएको छ । त्यस्तै, राष्ट्रिय विकासका योजनाहरू सम्पन्न गर्ने सङ्घर्षमा जनताको सहभागिता पहिलो आवश्यक शर्त हो । उत्पादक शक्ति, उत्पादन सम्बन्ध र उपरी संरचनाको सन्तुलनलाई आर्थिक विकासमा मार्गदर्शक मान्नु पर्छ । प्रविधिको अध्ययन र उच्च दक्षता हासिल गर्ने सम्बन्धमा वर्तमान समाजमा धेरै धन कमाउने उद्देश्य राखिने भए पनि समाजवादी समाजमा संस्कृति र प्रविधिको अध्ययन गर्न विद्यालय प्रवेश गर्दादेखि नै समाजवादी पुनर्निर्माणका लागि, औद्योगीकरणका लागि, जनताको सेवाका लागि र सामूहिक हितका लागि अध्ययन गरी रहेको छु भन्ने कुरा बुझ्ने र बुझाउने गरिन्छ । अर्को कुरा, दक्ष मजदुरहरूको ज्याला अदक्ष मजदुरभन्दा धेरै बनाउने गर्नाले आफ्नो स्तर बढाउने कुरामा ध्यान केन्द्रित गराउँछ । पूुजीवादका आर्थिक सङकटरहरू स्वामित्व प्रणालीद्वारा निर्धारित हुन्छन् । समाजवादको आधारभूत नियमहरू तथा उत्पादन र वितरण राष्ट्यि योजना अन्र्तगत हुने हुनाले समाजमा खुला प्रतिस्पर्धा र अराजकता हुन नपाई आर्थिक सङ्कट उत्पन्न हुन पाउन्न ।
व्यक्तिगत हित र सामूहिक हित परस्पर सम्बन्धित हुन्छन् । समाजवादमा सार्वजनिक हितले निजी हितमाथि तुलनात्मक रूपमा बढी मान्यता पाउँछ । तर व्यक्तिगत हित सामूहिक हितको अंश भएकाले सामूहिक हित अगाडि बढ्दा व्यक्तिगत हितको पनि सुधार हुन्छ । प्राकृतिक अवस्था अनुकूल÷प्रतिकूल हुने भए पनि आफ्ना आवश्यकता पुरा गर्न र प्रतिकूल अवस्थालाई अनुकूल बनाउन समेतका लागि जनताले काम त गर्नै पर्छ । उत्पादनलाई, उपभोगको चरणमा प्रवेश गराउनका लागि व्यापार र वाणिज्यको क्षेत्रमा काम गर्ने कार्यकर्ताहरूको श्रमलाई सामूहिक रूपमा परिचालन गर्नु पर्छ । त्यसका लागि राजनीतिक सर्वोच्चता र पार्टी कार्यकर्ताहरूको अग्रसरतामा उन्नति प्रगति निर्भर गर्दछ । आवश्यकताका वस्तुहरू उत्पादनको स्थानबाट उपभोगको स्थानसम्म लग्न राज्यद्वारा सञ्चालित गरेर वा सहकारीद्वारा सञ्चालन गरेर काम पुरा गर्नु पर्छ । त्यसका लागि पार्टीले पथप्रर्दशकको जिम्मा लिन र राजनीतिको सर्वोच्चता सहीत जन सममुदायले सुपरीवेक्षण समेत गर्नु पर्छ । अर्कातिर, उद्योग र कृषिको समानुपातिक रूपमा विकास गर्नु पर्छ । ठुला तथा साना उद्योग र कृषि फर्महरूलाई विकास गर्ने काममा पनि सन्तुलन कायम गर्नु पर्छ । उत्पादनमा वृद्धि हुँदा सञ्चयको प्रतिशत पनि बढ्ने हुनाले जनताको जीवन स्तर उच्च बनाउन यी दुवै पक्षको आवश्यकता पर्दछ । त्यस कारण सञ्चय गर्ने र सञ्चय बढाउने काम पनि हाम्रो नियमित दायित्व अन्र्तगत पर्दछ । समाजवादी समाजमा शत्रुतापूर्ण वर्ग नहुने भएकाले सबैको प्रयत्न प्रकृतिका विरुद्ध सङ्घर्ष गर्ने हुँदा जीवन स्तर धेरै उच्च अवस्थामा पुग्छ । सङ्क्रमणको अवस्थामा समेत राज्यसत्ताको अस्तित्व क्रमशः कमजोर अवस्थातिर धकेल्दै अस्तित्व लोप गराउने दिशा पक्रन आवश्यक हुन्छ । ती दुवैका लागि वर्गीय भिन्नता र वर्गीय अस्तित्व कम गर्दै जानु पर्छ । तर त्यो काम सर्वहारा वर्गको अधिनायकत्वबाट मात्र अघि बढ्नु पर्छ ।
राजनैतिक अर्थशास्त्रलाई विज्ञानको एउटा शाखाको रूपमा अघि बढाउन अन्तर्विरोधहरूका साथ आफ्नो विश्लेषणमा जोडबल लगाउनु पर्छ । श्रम अनुशासन अहिलेभन्दा कडा रूपमा पालना नभएसम्म साम्यवादी समाज स्थापित हुन सक्दैन । स्वचालित उपकरणहरू उच्च स्तरका हुने साथै जनताको श्रम र श्रम सञ्चालन झन् उच्च स्तरको र ठोस रूपको भएर मात्रै आमूल परिवर्तन अगाडि बढ्ने छ । राज्यसत्ता कब्जा गरेर समाजवादी अर्थव्यवस्था स्थापना र विकास गर्न सक्ने अवस्थाका धेरै समाजवादी देशहरूले आर्थिक र सांस्कृतिक विकासको सम्पूर्ण तहमा समानान्तर किसिमले विकास गर्दै अगाडि बढनु पर्छ । जनसङ्ख्या, श्रोत आर्थिक आधार र ऐतिहासिक स्थितिहरू एकै किसिमका नभए पनि असन्तुलनको विरोध नगरिकन सन्तुलन कायम गर्ने प्रयत्न गर्नु पर्छ । समाजवादी अर्थतन्त्रले सम्पूर्ण जनताको सेवा गर्ने काम गर्ने हुनाले आर्थिक विकास र राजनैतिक विकासलाई एक–अर्काको परिपुरकका रूपमा अगाडि बढाउन सकिन्छ । साम्यवादमा सङ्क्रमणका लागि सम्पूर्ण जनतालाई र समाजलाई एकताको सम्बन्धमा बदल्ने काम पूर्वशर्तका रूपमा स्वीकार्नु पर्छ । त्यस्तो गर्न उत्पादक शक्ति र उत्पादन सम्बन्ध तथा आर्थिक आधार र राजनैतिक उपरी संरचनाबीचका अनतरविरोधहरूको ठोस विश्लेषणबाट अगाडि बढनु पर्छ । श्रमको सहकारी विभाजन र सामूहिक लेखन पद्धतिमा धेरै सहयोगीहरू सहीत एक जना नेता हुनु पर्छ । त्यसो भए मात्रै कृतिहरू एकीकृत दृढ हँुदै सुव्यवस्थित र वैज्ञानिक हुन सक्छन् । राजनैतिक अर्थशास्त्रलाई सैद्धान्तिक रूपले स्वामित्व प्रणालीबाट लेख्न सुरु गर्नु पर्छ । पुूजीवादी समाजमा उत्पादनको सामाजिक स्वरूप र स्वामित्वको निजी स्वरूपबीचको अन्तर्विरोध नै आधारभूत अनतरविरोध हुन्छ । त्यसैले राजनैतिक अर्थशास्त्रको उद्देश्य उत्पादनका सम्बन्धहरूको अध्ययन गर्नु हो । त्यसमा स्वामित्व, श्रम तथा मालहरूको वितरणका दौरानमा जनताबीचका सम्बन्धहरू समावेश हुन्छन् । हामीले तल्लो स्तरका कार्यकर्ता, विभिन्न स्तरका प्रशाासन, उद्यमहरूको स्वायत्तताको अधिकार आदिको विषयमा वर्णन गरेर सामूहिक स्वामित्वबाट सार्वजनिक स्वामित्वमा बदल्ने तरिका बताउनु पर्छ । सबै विशेष स्वायत्त अधिकार हासिल गरेका र एकीकृत नेतृत्व अन्र्तगत सञ्चालन भएका उद्यमहरूलाई त्यो अवस्थाभन्दा अगाडि बढाएर सार्वजनिक स्वामित्वसम्म पुर्‍याउने तरिका र योजना अगाडि बढाउनु पर्छ ।
स्वामित्व प्रणालीमा हुने परिवर्तन र उत्पादक श्रममा पनि हुने निरन्तरको परिवर्तनका साथै जनताबीचको सम्बन्धमा समेत हुने परिवर्तनलाई ध्यान पुर्‍याउनु पर्छ । केन्द्रित नेतृत्व र जनआन्दोलनको समायोजन, पार्टी नेतृत्व, श्रमजीवी जन समुदाय र प्राविधिक व्यक्तिहरूबीचको समायोजनका साथै उत्पादनमा सहभागी कार्यकर्ता र प्रशासनमा सहभागी मजदुरका साथै तिनीहरूको बीचका निरन्तर परिवर्तन भई रहेका नियम र संस्थागत व्यवहारहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरी रहेका हुन्छन् । समस्याको अध्ययन गर्दा जनताले देख्ने र अनुभव गर्न सक्ने गरी सुरु गर्नु पर्छ । अगाडि बढाउँदै सारतत्वको अनुसन्धान गरेर वस्तुगत अवस्था र घटनाहरूको अन्तर्विरोध उजागर गर्न सक्नु पर्छ । विचार र बुझाइ भौतिक आन्दोलनका प्रतिबिम्ब हुन् । माक्र्सवादले तर्कलाई इतिहासको अनुकूल बनाउने माग गर्दछ । विचार र वस्तुगत अस्तित्वको प्रतिबिम्ब हुन्छ । सर्वहारा वर्गको माक्र्सवादी दर्शनले मुख्य गरी समकालीन राजनैतिक कार्यको सेवासूग सम्बन्ध राख्दछ । विभिन्न देशहरूमा सर्वहारा वर्गले आफूले सामना गर्नु परेका राजनैतिक कार्यकर्ताहरूको सेवा गर्नका लागि नयाँ सिद्धान्त सृजना गरेर आफ्नै दार्शनिक उत्पादन गर्नु पर्छ । तत्कालीन आवश्यकताहरू पुरा गर्नका लागि लेनिनले ‘साम्राज्यवाद ः पुूजीवादको चरम अवस्था’, ‘राज्य र क्रान्ति’ जस्ता कृतिहरू स्तालिनले ‘लेनिनवादका आधारभूत सिद्धान्त’ र ‘लेनिनवादका समस्याहरू’ लेख्न परेका थियो । त्यस्तै, माओत्सेतुङले ‘व्यवहारबारे’, ‘अन्तर्विरोधबारे’, ‘जनताबीचका अन्तर्विरोधको सही सञ्चालन’ आदि कृतिहरू लेख्नु परेको थियो । त्यस कारण प्रत्येक माक्र्सवादी राजनैतिक नेतृत्वले ठोस अवस्थाको ठोस विश्लेषण सहीत नयाँ विषय समावेश गरेर व्यवहारमा लागु गर्नु पर्छ ।
राजनीतिक र विचारधारात्मक कार्यदिशाको रूपमा समाजवादी क्रान्ति अगाडि बढाउन खोज्दा पूुजीवादी र संशोधनवादीहरूको भीषण आक्रमण हुने हुनाले राजनैतिक रूपमा उनिहरूलाई परास्त गर्नै पर्छ । अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरूका बीचमा हुने खिचातानी र आपसी मतभेद समेतका ख्याल गरेर आफ्नो स्थिति बलियो पार्ने र पारस्परिक विरोधबाट फाइदा पुग्ने कार्यदिशा सहीत समाजवादी आन्दोलनलाई गति दिन प्रयत्न गर्नु पर्छ । समाजवादी क्रान्ति अगाडि बढाउँदा पूुजीवादी प्रभावहरूलाई निर्मूल पार्ने प्रयत्नहरू सहीत पुूजीवादीहरूका विरुद्ध क्रान्ति चलाउन आवश्यक हुन्छ । ढुलमूल र अवसरवादी सम्झौतापरस्त नीति अवलम्बन गर्दा प्रतिकृयावादीहरूलाई बल पुग्छ । अन्धविश्वासलाई परास्त गर्न र जन समुदायलाई सक्षम बनाउन सकृय प्रयत्न गर्नु पर्छ । ग्रामीण जन समुदायको समस्या समाधान गरेर सहर र गाउँमा भएका आर्थिक भिन्नता कम गर्न ग्रामीण क्षेत्रमा वैज्ञानिक खेती र उद्योग स्थापना गर्दै आफना आर्थिक एकाइहरू बलियो बनाउन आफना बुद्धिजीवीहरूलाई प्रशिक्षित गर्ने र उच्च स्तरका स्कुलहरू त्यहीू स्थापना गर्ने काम गर्नु पर्छ । राजनीतिमा मुख्य ध्यान दिदा प्रविधिमा र प्राविधिक कार्यकर्तालाई साथसाथै अघि बढाउन ध्यान दिइएन भने केवल एउटा खुट्टाले हिँड्न खोजे जस्तो हुने हुनाले राजनीति, जनता, प्रविधि र प्राविधिकहरूलाई समेत एकसाथ अगाडि बढाउनु पर्छ । त्यसका साथै ठुला र साना उद्योग दुवैलाई कृषि र आधारभूत आवश्यकताका उद्योगलाई बढाउने काममा कम ध्यान पुग्दा समेत दुवै खुट्टा चाले सरह हुन्न । पूुजीवादी अधिकार, पूुजीवादी नियम र पूुजीवादी शिक्षाका रूपमा निश्चित हुन्छ । पर्याप्त उत्पादनको विकास र माल विनियमको विकास दुवैलाई एकसाथ अघि बढाउन सङ्क्रमणको अवस्था समेतलाई ध्यान दिएर माल विनिमय र मूल्यको नियमलाई समेत मिलाउनु पर्छ । प्रकृति विज्ञानका नियमहरू, जस्तै आर्थिक विकासका नियमहरू पनि निश्चित हुुन्छन् । नियमहरू वस्तुगत अवस्था अनुसार फरक हुने हुनाले त्यसै अनुसार चल्न पनि सक्नु पर्छ ।
विकासको वस्तुगत नियमहरूलाई योजनाबद्ध र समानुपातिक रूपमा अगाडि बढाउनु पर्छ । सामूहिक स्वामित्व पार गरेर गएको सार्वजनिक स्वामित्वमा समेत केही क्षेत्रमा माल विनिमय चली रहने गर्दछ । पूुजीवाद र उत्पादनको केन्द्रीकरण गरेका देशहरूले उद्योग र कृषि दुवैमा रूपान्तरण गर्न सचेत पार्ने काम धेरै अगाडि बढाएका छन् । त्यहाँ उत्पादनका साधनहरूको सामाजीकरण र माल उत्पादनको अन्त गर्ने कदम चाल्नु पर्छ भन्ने कुरा सही भए पनि त्यसको नेतृत्व गर्ने राजनैतिक शक्तिको नै आवश्यकता पर्दछ । सर्वहारा वर्गको नेतृत्व भएको मजदुर वर्गको पार्टीले राज्यसत्ता कब्जा गर्ने र ठुला फर्म तथा उद्योगलाई राज्यको नाममा र साना तथा मध्यम खालको व्यक्तिगत स्वामित्वलाई सहकारीमा सङ्गठित गर्दै स्वामित्व परिवर्तन गर्नु पर्छ । सबै प्रकारका पुूजीपतिहरूलाई व्यापारिक गतिविधिबाट वञ्चित गरेर सामूहिक संस्थाद्वारा चलाउनु पर्छ । माल उत्पादन पूुजीवादमा पुूजीवादी र समाजवादमा समाजवादी हुने हुनाले समाजवादको सेवा गर्ने माल उत्पादन गर्नु पर्छ । त्यो भनेको पुूजीपति वर्गविहीन उत्पादन र वितरण व्यवस्था हो । त्यसका साथै श्रमशक्तिलाई समेत माल बनाउनु हुन्न । यिनी कुराहरूलाई अगाडि बढाएर मात्रै समाजवाद र साम्यवादतिर अघि जान सकिन्छ