२०७७ कार्तिक ५, बुधबार

ब्रेकअप महंगो पर्यो, जाँदा जाँदै रणवीरलाई करोडौंको नोक्सानी

बलिउडमा क्याट्रिना कैफको १४ वर्षको लामो करिअर बनिसकेको छ। जसमा क्याट्रिना ८ वर्ष सलमान र ६ वर्ष रणवीर कपूरसंग सम्बन्धमा रहिन।

ranbir-katrina-562153911यहि वर्ष जनवरिमा रणवीरसंग ब्रेकअप पश्चात पनि सम्बन्धमा फर्किन क्याट्रिनाले निकै कोसिस गरिन, तर रणवीरले आफ्नो फैसला भने बदलेनन्। यो ब्रेकअपले रणवीर मानसिक र आर्थिक दुवै तवरले क्षति बेहोर्दैछन्। मुम्बईको कार्टर रोड स्थित एक अपार्टमेन्टमा यो जोडी संगै बस्थ्यो। अपार्टमेन्टको भाडा रणवीरले नै तिरेका थिए।। महिनाको १५ लाख भारु भाडा तय भएको थियो।

घरको इन्टेरिएर सजाउनको लागि क्याट्रिनाले दक्षिण अफ्रिकाबाट सपिङ गरिन। यसको खर्च पनि रणवीरले नै उठाए। करिब ५ करोड भारु बराबरको खर्च इन्टेरिएरको लागि मात्र गरिएको भारतीय मिडिया बताउँछन्। सुविधा र सजावटका लागि अन्य चिजको खर्च त हिसाबै छैन। अवस्था यस्तो बन्यो कि क्याट्रिनासंगको ब्रेकअप पछि रणवीर आफ्नै घर फर्किए, तर आफ्नो ब्रान्डेड जुत्ता, कपडा, महंगा घडी, सुन तथा प्लाटिनमका एक्सेसरीज सोही अपार्टमेन्टमा छोडेर हिडे।

सम्बन्धमा रहँदा पेरिस, लण्डन, न्युयोर्कमा छुट्टी मनाउन जाँदाको खर्च पनि रणवीरकै क्रेडिट कार्डले बेहोर्यो। क्याट्रिना अनि उनकी बहिनीलाई पनि रणवीर मौकामा सुन अनि प्लाटिनमका गरगहना गिफ्ट दिन्थे। पहिले जब सलमानबाट क्याट्रिना अलग भएकी थिइन सलमानले दिएको गाडी क्याट्रिनाले बेचेकी थिइन।

ब्रेकअप पश्चात रणवीरले के गरेरु

जुन रात क्याट्रिनासंगको विवाद पश्चात रणवीरले अपार्टमेन्ट छोडेका थिए, केवल साँचो र मोबाइल लिएर रणवीर हिडेका थिए। सामान लिन पछि न रणवीर आए न अरु कसैलाई पठाए। यी सामान लाखौँका थिए।

क्याट्रिनाले घटाइनन् पारिश्रमिक
यी दुईको सम्बन्ध विच्छेद हुँदा दुवै ‘जग्गा जासूस’को सुटिङ गर्दैथिए। फिल्म संकटमा फसेको देखेपछि रणवीरले आफ्नो पारिश्रमिक २५ बाट १० करोड भारुमा झारे तर फिल्म चलेमा मुनाफाबाट ३० प्रतिशत हिस्सा मागेका छन्। फिल्म नाफामा जाने सम्भावना त्यसै भन्न सकिन्न तर क्याट्रिनाले भने फिल्मको सुटिङमा बाधा डालेर पनि आफ्नो पारिश्रमिक नघटाएको चर्चा मिडियामा चलेको छ।