२०७७ माघ ५, सोमबार

तीन दिनमा दोस्रो विमान दुर्घटना : बाजुरामा नेपाली सेनाको जहाज खेतमा खस्यो

सुर्खेत   १६, जेठ ।नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना भएको छ ।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।

नेपाली सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो ।

बाजुरा प्रहरीका अनुसार उद्धारका लागि प्रहरी नायब निरिक्षक लोकसिंह भाटको नेतृत्वमा म्यादी प्रहरीसहित ५० जनाको टोली खटाइएको छ ।

खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नपा–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो ।

अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा क्र्यास ल्यान्डिङ भएको नेपाली सेनाले जनाएको छ ।

घटनामा एक महिला को पाइलट घाइते रहेको समाचार भए पनि उनको नाम हालसम्म खुल्न नसकेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए ।

यसअघि, शनिबार गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।