२०७७ मंसिर १५, सोमबार

सुर्खेतको कोटेश्वर टायर रिसोलिङमा आगलागी, करीब ४ करोड बराबर क्षति भएको अनुमान

जेठ१८,सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरस्थित कोटेश्वर टायर रिसोलिङमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो। बिहीबार बिहान पाँच बजेतिर भएको आगलागी करीब ३ घण्टा पछी अहिले नियन्त्रणमा आएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आगोलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। मध्यपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम भएपनि वीरेन्द्रनगरमा दमकल छैन।

‘दमकल नहुँदा आगोलागी नियन्त्रणमा लिन समस्या भएकोजिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, ‘सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सयुक्त प्रयासमाआगलागी नियन्त्रणमा आएको छ । आगलागिबाट करीब ३ करोड ५० लाख बराबरको क्षतिभएको अनुमान गरएिको छ ।
फोटो फिचरः