२०७७ मंसिर १५, सोमबार

सत्ता कब्जापूर्व लेनिनको सङ्घर्ष

अगस्त १८९३ मा लेनिन रूसको तत्कालीन राजधानी पिटेरसबर्ग पुग्दा त्यहाँ भूमिगत माक्र्सवादीका अध्ययन मण्डलीहरू थिए । तिनीहरू सबै भूमिगत रूपमा थिए । ती मण्डलीहरूले राजनीतिक सकृयता बढाउँदै गएका थिए । ती अध्ययन मण्डलीहरूले माक्र्सवादको अध्ययन गर्ने र मजदुरहरूका बीचमा प्रचार गर्ने काम गर्दथे । तिनीहरूमध्ये एउटा मण्डलीमा प्रवेश गरेका लेनिन छिट्टै त्यहाँका माक्र्सवादीहरूका वरिष्ठ नेता भए । त्यतिखेर रूसमा उद्योगधन्दा र मजदुरहरूको तीव्र विकास भई रहेको थियो । क्रान्तिकारी मजदुर वर्गको पार्टी आवश्यक भएको महशुस गरिएको समयमा लेनिनले नरोदनिकहरूको विरोध गर्दै माक्र्सवादीहरूको पार्टी गठन गर्ने उद्देश्य सहित काम गर्नु भयो । मजदुर वर्गले सम्पूर्ण जनताको नेतृत्व गर्न सक्छन्, हुकुमी शासन र पँुजीवादको उन्मूलन गर्न सक्छन् र श्रमिकहरूले सङ्घर्ष मार्फत्् आफ्ना मजदुरहरूको सत्ता कायम गर्न सक्छन् भन्ने लेख र किताब मार्पmत् बताउनु भयो । लेनिनले क्रान्तिकारी दृष्टिकोणलाई अलग गरी माक्र्सवादका सबै प्रकारका विकृति र खराब व्याख्याहरूका विरुद्ध सङ्घर्ष गर्ने प्रयत्न गर्नु हुन्थ्यो । रूसी मजदुर वर्गका वरिष्ठ प्रतिनिधिहरलाई साथमा लिएर लेनिनले माक्र्सवादी पार्टीको सुरुवात गर्नु भएको थियो । निपुणतासाथ सर्वहारा वर्गको पार्टीका लागि सङ्गठनकर्ता र क्रान्तिकारी मजदुर कार्यकर्ताहरू तयार गर्दै जानु भयो । उहाँले माक्र्सवादी सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने तथा पूँजीजीवी र जारशाही निरङ्कुश शासन विरुद्ध सङ्घर्ष गर्ने कुरामा बढी ध्यान केन्द्रित गर्नु भयो । १८९५ को वशन्तमा पिटर्सबर्गका माक्र्सवादीहरूको अनुरोधमा श्रम मुक्ति दलसँग सम्बन्ध कायम गर्ने र पश्चिम युरोपेली मजदुर आन्दोलनको अध्ययन गर्न लेनिन विदेश जानु भयो । पेरिसमा माक्र्सका ज्वाइँ पोल लाफर्जसँग, स्विजरल्यान्ड, फ्रान्स, जर्मन आदि देशहरूका मजदुर नेताहरूसँग भेट गर्नु भयो र भेट गर्ने र अवस्था बुझ्ने गरेर फर्कनु भएको थियो । रूसमा नपाइएका किताब पढ्ने र माक्र्सवादी साहित्यका किताब लुकाएर ल्याउने समेत गर्नु भयो । लुकाएर ल्याएका किताब भन्सार अधिकारीहरूले फेला नपारेकोमा खुशी हुनु भएको थियो । उत्साहपूर्ण ढङ्गले सभा आयोजना गने र जारका जासुसहरूलाई छक्काएर बच्नेमा मुख्य ध्यान केन्द्रित थियो ।
१८९५ को शरदमा पिटर्सबर्गका माक्र्सवादी अध्ययन मण्डलीहरूलाई एउटै राजनीतिक संस्थाका रूपमा सङ्गठित पारेर ‘मजदुर वर्ग मुक्ति सङ्घर्ष सङ्घ’ को नाममा क्रान्तिकारी गतिविधि अगाडि बढाएको थियो । त्यो मुक्ति सङ्घको केन्द्रीय समितिले लेनिनको नेतृत्वमा क्रान्तिकारी गतिविधि अघि बढायो । कारखानाका मजदुर अध्ययन मण्डलीहरू मुक्ति सङ्घका आधार थिए । मुक्ति सङ्घ रूसको क्रान्तिकारी माक्र्सवादी पार्टीको पहिलो बिउ थियो । सर्वहारा वर्गको सडघर्षका नेतृत्व गर्दै मुक्ति सङ्घले पहिलो पटक मजदुर आन्दोलनमा वैज्ञानिक समाजवादको प्रयोग गर्न थाल्यो । १८९६ को गृष्ममा पिटर्सबर्गका कपडा कारखानाहरूमा काम गर्ने करिब ३० हजार मजदुरहरूले मुक्ति सङ्घको नेतृत्वमा हडतालमा भाग लिए । यसको पे्ररणाले सम्पूर्ण रूसमा मजदुर वर्गको माक्र्सवादी पार्टी स्थापनाका लागि वातावरण तयार भयो । सङ्घद्वारा प्रकाशित पत्रिकाको अङ्कलाई पुलिसले जफत गरेर अवैधानिक मजदुर पत्रिका निकाल्ने रूसी सामाजिक जनवादीहरूको पहिलो प्रयास असफल भयो । लेनिन गिरफ्तार भई १४ महिनासम्म जेल पर्नु भयो । मजदुर वर्गको नेता र सङ्गठनकर्ताको रूपमा पिटर्सबर्गमा परिचित लेनिनले क्रान्तिकारी आन्दोलनको सैद्धान्तिक व्याख्या गर्दै रूसमा सर्वहारा वर्गको पार्टी स्थापना गर्ने आधार समेत तयार पार्ने काम गर्नु भएको थियो । १३ फेबु्रअरी १८९७ का दिन लेनिनलाई ३ वर्ष निर्वासनका लागि पूर्वी साइबेरिया पठाइयो । मे १८९७ मा लेनिन निर्वासन स्थान पुग्नु भएको थियो । त्यहाँका जनतासँग वकिलको रूपमा काम गर्नु भएको थियो । वकालत गर्न नपाए पनि धनीहरूको र सरकारको मनोमानी विरुद्ध सङ्घर्ष गर्न स्थानीय वासिन्दाहरूलाई लेनिनले सल्लाह दिनु हुन्थ्यो । निर्वासनमा गएको १ वर्षपछि मुक्ति सङ्घकै मामिलामा गिरफ्तार भएकी क्रूप्सकायाले लेनिनको दुलहीको रूपमा बस्ने अनुमति पाएर त्यही आई पुगेकाले विवाह सम्पन्न भई जीवनभर साथ र सहयोग गर्नु भयो । लेनिनले धेरै पुस्तक र पत्रिकाको अध्ययन गरेर १८९९ मा रूसमा पँुजीवादको विकास भन्ने किताब प्रकाशित गर्नु भयो । त्यो पुस्तकमा पूँजीवादको गर्भमा पूँजीवादकै मृत्युवाहक र समाजवादी समाजका निर्माता मजदुर वर्ग हुर्कने र सुदृढ हुँदै जाने तथ्यको बयान थियो । साथै मजदुर–किसान एकतामा जोड दिनु भएको थियो । त्यो किताब सर्वहारा पार्टीको सिद्धान्त कार्यक्रम र रणनीतिको मस्यौदाका लागि महत्वपूर्ण थियो । छिट्टै माक्र्सवादी कार्यकर्ताहरूको वैज्ञानिक र सैद्धान्तिक ज्ञानका लागि महत्वपूर्ण पुस्तकका रूपमा प्रचार पनि भयो ।
हडतालहरूमा सफलता मिलेको अवस्थामा अर्थवादीहरूले सामाजिक जनवादीहरूलाई राजनैतिक सङ्घर्षबाट अलग गरेर आर्थिक सङ्घर्षमा मात्र सकृय पार्ने विचार अगाडि बढाएकाले लेनिनले गम्भीर खतरा देखेर अर्थवादीहरूका विरुद्ध निर्णायक सङ्घर्ष अगाडि बढाउनु भयो । १८९८ मार्चमा मिन्सक सहरमा भएको सामाजिक जनवादी मजदुर पार्टीको पहिलो महाधिवेशनले पार्टी स्थापना भएको घोषणा गरेको थियो । महाधिवेशनले छरिएर रहेका माक्र्सवादी अध्ययन मण्डली र सङ्गठनहरूलाई एकजुट पार्न सकेको थिएन । पार्टीको विधान र कार्यक्रम समेत पारित गर्न सकेको थिएन । महाधिवेशनले छानेको केन्द्रीय समितिका सबै सदस्यहरू छिट्टै गिरफ्तार भएका थिए । २९ जनवरी १९०० का दिन निर्वासन काल सकिएपछि लेनिन क्रूप्सकायाका साथ त्यहाँबाट हिड्नु भयो । जारशाही सरकारले लेनिनलाई राजधानी र औद्योगिक क्षेत्रमा बसोबास गर्न बन्देज लगाएकाले पस्कोभ सहरमा बसोबास गर्ने निर्णय गर्नु भयो । आफूले निर्वासन कालमा बनाएको क्रान्तिकारी माक्र्सवादी पार्टी निर्माण गर्ने योजनाको कार्यान्वयनमा उत्साहपूर्वक खट्नु भयो । त्यही सिलसिलामा गोप्य भ्रमण गर्दा मे १९०० मा पिटर्सबर्गमा गिरफ्तार भए पनि छिट्टै छुट्नु भयो । १६ जुलाई १९०० मा मुश्किलले जर्मनतर्फ लाग्नु भयो र ५ वर्षसम्म लम्बिएको पहिलो विदेश बसाइँ सुरु भयो । पत्रिकाको नाम इस्क्रा राख्ने, अफिस जर्मन सहर म्युनिखमा राख्ने, प्राग सहर मार्फत् रूसमा लेखापढी गरेर गोप्यता कायम गर्ने निर्णयका साथ डिसेम्बर महिनामा पत्रिकाको पहिलो अङ्क निस्क्यो । त्यतिखेर रूसमा मजदुर वर्गको नेतृत्वमा क्रान्तिकारी आन्दोलन चर्किदै थियो । जमिन्दारहरूको विरुद्ध किसानहरूले विद्रोह गर्ने र कारखानामा मजदुरको हडताल बढ्ने काम सुरु भयो । लेनिनको पत्रिकाले सुसङ्गठित पार्टीका लागि सङ्घर्ष गर्ने आन्दोलनको नेतृत्व गर्ने र निस्वार्थ पार्टी कार्यकर्ता उत्पादन गर्ने काम गर्‍यो । लेनिनको तत्परता र नेतृत्वमा रूसभरि इस्क्राका सहयोगी र बिक्री गर्ने व्यक्तिहरूको पुरा जाल बिछ्याइयो । पार्टी कार्यकर्ताहरूलाई एकीकृत गर्दै र तालिम गर्दै पत्रिका पार्टी शक्तिको एकीकरणको केन्द्र बन्यो । इस्क्राको बढ्दो माग पुरा गर्न रूसभित्रै अर्को चोटी छाप्नका लागि भूमिगत प्रेसहरू समेतको ब्यवस्था गरिएको थियो । पत्रिका फाट्दासम्म धेरैले पढ्ने र धेरैलाई पढाउने गरिन्थ्यो ।
१९०१भन्दा पहिले भ्लादिमिर इल्यिच नाम भए पनि त्यसपछि लेनिनका नामबाट लेख छपाउन र किताब छाप्न थाल्नु भयो । १९०२ मा के गर्ने भन्ने किताब प्रकाशित भयो । उक्त पुस्तकमा माक्र्सवादी पार्टीका लागि विस्तृत योजना प्रस्तुत भएको थियो । रूसमा सर्वहारा वर्गको पार्टी बनाउनभन्दा पहिले नै पश्चिम युरोपमा मजदुर पार्टीहरू बनेका त थिए, तर तिनीहरूले माक्र्सवादको सारतत्वलाई संशोधन गरेर पूँजीपति वर्गलाई मान्य हुने बनाउने र अवसरवादी भई पूँजीपतीका एजेन्टका रूपमा काम गर्दथे । उनिहरूको मान्यता समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्व बिना नै शोषणको अन्त्य र समाजवादको निर्माण गर्न सकिन्छ भन्ने थियो । मजदुरलाई निस्क्रिय बनाएर पँुजीवादीका समर्थक बनाउने काम गर्दथे । लेनिनको मान्यता उनीहरूको विरुद्ध थियो । क्रान्तिकारी पार्टीका लागि क्रान्तिकारी सिद्धान्त माक्र्सवादद्वारा सुसज्जित हुनु पर्ने र मजदुर आन्दोलनमा चेतना जगाउनु पर्ने लेनिनको मान्यता थियो । क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी आन्दोलनको अस्तित्व हुन सक्दैन भन्ने लेनिनको भनाइ थियो । त्यसैले मजदुर वर्गलाई राजनैतिक रूपले शोषित तुल्याउने र समाजवादी चेतना जगाउने सामाजिक जनवादीहरूको कर्तव्य भएको थियो । सुदृढ, सङ्गठित र केन्द्रबद्ध पार्टी गठनका लागि पेसागत क्रान्तिकारी र स्थानीय क्रान्तिकारीहरू भएको पार्टीको जाल फिजाउनु पर्ने आवश्यकता भएको लेनिन मान्नु हुन्थ्यो । जनताको भावना र आवश्यकता बुझेका पेसागत क्रान्तिकारीहरू जनताको बीचमा रहन्छन् र स्थानीय पार्टी सदस्यहरूको बाक्लो जालोबाट आन्दोलन अघि बढाउने काममा सहयोग पुग्ने छ भन्ने मान्यता थियो । पार्टी निमाणसम्बन्धी लेनिनको प्रस्तावलाई अर्थवादीहरूले विरोध गर्दथे । के गर्ने भन्ने लेनिनको पुस्तकले रसियाली जनवादी मजदुर पार्टीको दोश्रो महाधिवेशनको तयारीमा मद्दत गरेको पाइयो । त्यो महाधिवेशनले वास्तविक क्रान्तिकारी पार्टीको सृजना गरेको थियो ।
क्रान्तिकारी सर्वहारा पार्टीको सिद्धान्तको तर्जुमा गर्दा पार्टीको लडाकू वैज्ञानिक कार्यक्रमलाई लेनिनले बढी महत्व दिनु हुन्थ्यो । पार्टीले गर्ने सङ्घर्षको उद्देश्य र चाहेको कुरा स्पष्टसँग जनता समक्ष राख्नु पर्ने कामलाई ध्यान दिइन्थ्यो । १९०३ को वशन्तमा लेनिनले गाउँका गरिबहरूलाई लेख लेखेर मजदुर–किसान एकता गरेर समाजवादी व्यवस्था ल्याउनु पर्ने कारण बताउनु भएको थियो । इस्क्रा पत्रिकाबारे जासुसहरूmले थाहा पाएकाले पक्राउ पर्ने सम्भावनालाई ख्याल गरेर सम्पादक मण्डलको निर्णय अनुसार अप्रैल १९०२ मा लेनिन लन्डन जानु भयो । जुलाई १९०३ मा रसियाली सामाजिक जनवादी पार्टीको दोश्रो महाधिवेशनको उद्घाटन भयो । ब्रसेल्स पुलिसले शङ्का गरेपछि लन्डन सारेर महाधिवेशन सम्पन्न गरिएको थियो । महाधिवेशनमा बुन्दवादी, अर्थवादी र अन्य लेनिन विरोधी तत्वहरूलाई ‘इस्क्रा’ सर्मथकहरूले बेकम्बा तुल्याई दिए । सर्वहारा अधिनायकवादका लागि सङ्घर्ष गरेर समाजवाद स्थापना गर्ने पार्टीको मुख्य उद्देश्य भएको पार्टी विश्वमा मजदुर पार्टी एउटा मात्र पार्टी थियो । त्यस्तो कार्यक्रमद्वारा निर्देशित पार्टीलाई कार्यान्वयन गर्न करिब १५ वर्षको वीरतापूर्ण सङ्घर्ष, कठोर आत्मत्याग, परिश्रम र बलिदानको आवश्यकता परेको थियो । केही अवसरवादीहरूले पार्टीका पछिल्ला सभाहरू वहिष्कार गरेका हुनाले पार्टी केन्द्रीय अङ्गको चुनाव हँुदा लेनिनका समर्थकहरूले बहुमत प्राप्त गरेर इस्क्रा पार्टीको मुखपत्र बन्ने र नयाँ किसिमको सर्वहारा वर्गको पार्टी बन्ने प्रस्तावले बहुमत पाएको थियो । सदस्यतासम्बन्धी लेनिनका शर्त (राजनीतिलाई स्वीकार गर्नु पर्ने, नियमित आर्थिक सहयोग गर्नु पर्ने र कुनै न कुनै समितिमा बसेर समितिले दिएको जिम्मा पुरा गर्नु पर्ने) बहुमतद्वारा पास भएको हुनाले पार्टी नै बोल्सेभिक (बहुमतवाला) नामले परिचित भयो । लेनिन र उहाँका सहयोगीहरूद्वारा गठित बोल्सेभिक पार्टी सम्पूर्ण विश्वका कम्युनिस्ट तथा मजदुर पार्टीहरूको नमूना पार्टी बन्यो । १९०४ मा निस्केको एक कदम अगाडि दुईकदम पछाडि शीर्षकमा निस्केको किताबमा लेनिनले पार्टी सङ्गठन र रूसी क्रान्तिकारी आन्दोलनलाई मेन्सेभिक अवसरवादीहरूद्वारा खतरा भएको कुरा स्पस्टसँग राख्नु भयो ।
१९०५ को अप्रैलमा लन्डनमा पार्टीको तेश्रो महाधिवेशन भयो । यो पहिलो बोल्सेभिक महाधिवेशन थियो । मेन्सेभिकहरूले जेनेभामा आफ्नो छुट्टै महाधिवेशन गरे । लेनिनलाई अध्यक्षमा निर्वाचित गरेर महाधिवेशनले सर्वहारा वर्गलाई सङ्गठनबद्ध र हतियारबद्ध बनाउन ठोस कदम चाल्ने, सशस्त्र विद्रोहका योजना तयार पार्ने र दुवै कामको नेतृत्व गर्न जिम्मा लगायो । जुलाई १९०५ मा जनवादी क्रान्तिमा सामाजिक जनवादीहरूको दुई कार्यनीति भन्ने पुस्तक प्रकाशित गरेर लेनिनले समाजवादी क्रान्तिको माक्र्सवादी सिद्धान्तलाई विकसित तुल्याउनु भयो । जनवाद र समाजवादको विजयका लागि सङ्घर्ष गरी रहेका संसारका सबै जनताका लागि महत्वपूर्ण विचारहरू पनि थप्नु भयो । रूसमा क्रान्तिकारी आन्दोलन द्रुत गतिमा अगाडि बढ्न थाल्यो । अक्टोबर महिनामा आम हडताल सुरु भयो । डिसेम्बर महिनामा मास्कोमा भएको सशस्त्र विद्रोह क्रान्तिको पराकाष्ठा थियो । सबै विद्रोहहरू जार सरकारद्वारा निर्ममतापूर्वक दबाइए । लेनिनले सबै चेतनशील मजदुरहरूलाई यसबाट शिक्षा लिएर नयाँ सङ्घर्षका लागि तयार हुन आह्वान गर्नु भयो । अक्टोबर डिसेम्बर विद्रोहमा राजनैतिक र सशस्त्र विद्रोहलाई एकचोटी प्रयोग गर्ने रणनीति पहिलो पटक उपयोग गरिएको थियो । क्रान्तिको विजयका लागि अझ सफल सङ्घर्ष चलाउन पार्टीको धेरै मजदुर सदस्यहरूले पार्टी एकताको माग गर्दै थिए । यो समस्या समाधान गर्न महाधिवेशन डाक्न धेरै बोल्सेभिक र लेनिन समेत सहमत हुनु हुन्थ्यो । महाधिवेशनका लागि लेनिनले बोल्सेभिककातर्फबाट मुख्य प्रस्ताबहरूको मस्यौदा र मजदुर पार्टीको कृषि कार्यक्रमको पुनरावलोकन पुस्तिका तयार पार्नु भयो । १९०३ को अप्रैल १० का दिन चौथो एकता महाधिवेशन स्टकहोमको जनभवनमा उद्घाटन भयो । स्विडेनका सामाजिक जनवादीहरूले यो ठाउँको व्यवस्था मिलाई दिएका थिए । महाधिवेशनमा बोल्सेभिक र मेन्सेभिकहरूबीचमा चर्को विवाद चले पनि केन्द्रीय समितिमा र पार्टीको मुखपत्र सामाजिक जनवादीको सम्पादक मण्डल समेतमा मेन्सेभिकहरूको बहुमत भयो । मेन्सेभिकहरू पराजित हुने विषयमा लेनिन विश्वस्त हुनु हुन्थ्यो । महाधिवेशन देशका क्षेत्रीय सामाजिक जनवादी पार्टीहरूलाई रसियाली सामाजिक जनवादी मजदुर पार्टी अन्तर्गत एकजुट पार्ने निर्णय गरेको थियो । लेनिनले कठोर सङ्घर्षपछि पार्टी सङ्गठनहरूलाई बोल्सेभिक वरिपरि गोलबन्द गर्न सफल हुनु भयो ।
अप्रैल १९०७ को अन्तिमतिर लन्डनमा पाँचौँ महाधिवेशन भयो । महाधिवेशनमा बोल्सेभिकहरूले अपनाएको नीतिको औचित्य स्वीकार गरेको थियो । बोल्सेभिकहरूले विजय हासिल गरे । जुन १९०६ को सुरुमा लेनिन लन्डनबाट रूस फर्के पनि क्रान्ति असफल भएर जार सरकारको चर्को दमन भएका कारण फिनल्यान्डमा बसोबास गर्न सुरु गर्नु भयो । जासुसहरूको कडा निगरानीका कारण बोल्सेभिक केन्द्रले लेनिनलाई विदेश पढाउने निर्णय गर्‍यो । कठिनाइका साथ निर्वासन काल करिब १० वर्षको रह्यो । १९०५देखि १९०७ को असफल क्रान्तिले बोल्सेभिक रणनीति र सर्वहारा वर्गको नेतृत्वदायी भूमिकासम्बन्धी सिद्धान्तको औचित्य क्रान्तिको व्यावहारिक कसौटीमा प्रमाणित गरेको थियो । लेनिनलाई प्रतिभाशाली, सिद्धान्तकार, महान् सङ्गठनकर्ता र श्रमिक जनताको नेताका रूपमा स्थापित गरेपछि १९०८ जनवरीमा जेनेभा सहर फर्कनु भयो । उता रूसमा अन्धकार छायो । फेरि क्रान्तिकारी आन्दोलन सुरु हुन सक्छ भन्ने विश्वास कम भयो र बोल्सेभिक कार्यकर्ताको सङ्ख्या समेत घट्यो । बोल्सेभिक पार्टीले आफ्नातर्फबाट सर्वहारा वर्गको नेतृत्व गर्दै थियो । फेब्रुअरी १९०८ को अन्तमा मुखपत्र प्रोलेतारीको क्रमिक अङ्क प्रकाशित भयो । वैधानिक र भूमिगत कार्यलाई सन्तुलित राख्ने र जनसमूहसँग बलियो सम्बन्ध राख्ने लेनिनवादी कार्यनीतिले नयाँ क्रान्तिका लागि तयारी गर्न मद्दत गर्‍यो । मेन्सेभिकहरूले अवसरवादी बाटो पक्रे । उनीहरू क्रान्तिमा र मजदुर वर्गको विजय दुवैमा विश्वास गर्दैनथे । यस्ता अवसरवादीहरूबाट पार्टीको कित्ता छुटाउनु पर्छ भन्नेमा लेनिन विश्वस्त हुनु हुन्थ्यो । १९०८ को अन्त्यमा अखबारको प्रकाशन र लेनिनको परिवार रूसी प्रवास केन्द्र बनेको पेरिसमा सारियो ।
लेनिनले १९०५देखि १९०७ तीन वर्षको क्रान्तिको मुख्य उपलब्धि जनवादी क्रान्तिमा सर्वहाराको नेतृत्वदायी भूमिका भएको औल्याउनु भयो । उक्त समयमा अरू जनताले दशैँ वर्ष लगाएर हासिल गर्न नसकेको उपलब्धि आफ्नो वीरतापूर्ण सङ्घर्षद्वारा रूसी सर्वहाराले आफ्नो र रूसी जनताका लागि प्राप्त गर्न सफल भएको लेनिनको विश्लेषण थियो । त्यो अन्तिम रिहर्सल बिना १९१७ मा सम्पन्न भएका फेबुैअरीको बुर्जुवा क्रान्ति र अक्टोबरको समाजवादी सर्वहारा क्रान्ति पनि सम्भव हुने थिएनन् भन्ने पनि लेनिनको विश्लेषण थियो । लेनिनले १९११ को वशन्तमा पेरिस नजिकै लोन्झ्युमो बस्तीमा पार्टी स्कुल खोलेर राजनैतिक अर्थशास्त्र, कृषि समस्या, रूसमा समाजवादी सिद्धान्त र यसको प्रयोग आदि विषयमा ५३ वटा लेक्चरसम्म दिनु हुन्थ्यो ।पछि बोल्सेभिक पार्टी स्कुल कम्युनिस्ट विश्व विद्यालयहरूको अग्रणी बनेको थियो । १९१२ को सुरुमा प्राग सहरमा गोप्य रूपमा पार्टी सम्मेलन भयो । सम्मेलनले मेन्सेभिक विघटनवादीहरूलाई पार्टीबाट निस्काशन गर्ने, अवसरवादको विरुद्ध स्थायी सङ्घर्ष गर्ने निर्णय गर्दै नयाँ केन्द्रीय समिति चयन गरेर उत्साहपूर्वक निर्णयहरू कार्यान्वयन गर्न लागे । २२ अप्रिल (५ मे) को दिन प्रावदाको पत्रिकाको पहिलो अङ्क निस्क्यो । १९१२देखि १९१४ को अवधिमा लेनिनका २८०भन्दा बढी लेख विभिन्न भूमिगत नामबाट निस्केका थिए । १९१२ को शरदमा चौथो राजकीय दुमाका लागि चुनाव भयो । प्रजातान्त्रिक गणतन्त्रका स्थापना, सात घण्टे कार्यदिशाको निर्धारण र सम्पूर्ण बिर्ताहरू जफत् गर्ने तीन वटा चुनावी आधारबिन्दु सहित चुनाव लडेका बोल्सेभिकहरूले ६ वटै मुख्य औद्योगिक प्रान्तहरूबाट उनीहरू छानिए । आन्दोलन चर्केर १९१४ को पूर्वाद्र्धमा रूसका करिब १५ लाख मजदुरहरूले हडताल गरे । एकैसाथ आर्थिक र राजनीतिक हडतालहरू सुरु भए । १९१४ को गृष्ममा सुरु भएको विश्वयुद्धमा मातृभूमिको रक्षा गरौँ भन्ने अवसरवादीहरूको नाराको विरुद्ध लेनिनले साम्राज्यवादी युद्धलाई गृहयुद्धमा र आफ्ना देशहरूको बुर्जुवा वर्ग विरुद्ध सम्पूर्ण श्रमिक जनताको युद्धमा परिणत गरौँ भन्ने क्रान्तिकारी आह्वान गर्नु भयो । १९१७ को फेबु्रअरी क्रान्ति सफल भएर केरेन्स्कीको नेतृत्वमा अस्थायी बुर्जुवा सरकार बनेपछि बोल्सेभिकहरू सोभियतहरूसँग मिलेर समानान्तर सरकार बनाएर सङ्घर्ष गरे । तिनीहरू सर्वहारा समाजवादी क्रान्ति सफल पार्न कस्सिएर लागे र अक्टोबर समाजवादी क्रान्ति सफल भई मजदुर किसानहरूको समाजवादी राज्यसत्ता कब्जा भयो । लेनिनले नेता भई शासन चलाउन सुरु गरे ।