२०७७ माघ ४, आईतवार

पशु विमाका बारेमा कृषकलाई अभिमुखिकरण

जेठ  १९,सुर्खेत। र्इन्सेकद्धारा गठित मानवअधिकार निगरानी समुह मालारानीको आयोजनामा तथा इन्सेक सुर्खेतको समन्वयमा कृषि तथा पशु बिमाको महत्व र प्रक्रियाका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मानवअधिकार निगरानी समुह मालारानीका अध्यक्ष निर्देश वलीको अध्यक्षता तथा वडा नम्वर २ का वडाअध्यक्ष नोरबहादुर वलीको प्रमुख आतित्थयतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ३२ जना कृषकहरुके उपस्थिती थियो । कार्यक्रममा कृषि सेवा केन्द्र सहारेका प्राविधिक सहायक उमेश चौधरी र पशु सेवा केन्द्र मालारानीका प्राविधिक सहायक हसना सारु मगरले प्रशिक्षण दिएका थिए ।