२०७७ माघ १४, बुधबार

समृद्ध सुर्खेत बनाउनका लागि जनतासँग मिलेर काम गर्ने ढकालकाे प्रतिवद्दता

जेठ २०, सुर्खेत।सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले समृद्ध सुर्खेत बनाउनका लागि जनतासँग मिलेर काम गर्ने प्रतिवद्दता जनाएकी छन् । अक्सफामको साझेदारीमा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)ले सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उपप्रमुख ढकालले यस्तो प्रतिवद्धता जाहेर गरेकी हुन ।
स्थानीय तहमा रहेका मुद्धा तथा सवाल हस्तान्तरण र स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिलाई वामले बधाई तथा सम्मान कार्यक्रम राखेको हो । सुर्खेतमा विकराल रुपमा जरा गाडिरहेको वालविवाह अन्त्य गरि घरेलु हिंसा न्यूनीकरण गर्न आफू लागि पर्नेमा जोड दिईन । सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका प्रमुख तथा वडा प्रतिनिधिहरु सहभागी कार्यक्रममा सिम्ता गाउँपालिकाका प्रमुख कविन्द्रकुमार केसीले समृद्ध सिम्ता बनाउने सवालमा ईमानसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफुले अगाडि सारेका सबैभन्दा पहिलो काम उज्यालो कार्यक्रम हो जसअन्तर्गत सिम्ताका नागरिकलाई पाँच वर्षभित्र टुक्कीमुक्त वनाई विजुली पु¥याउने, प्रत्येक वडामा सडक पु¥याउने, भेरीको पानी पिउन बाध्य जनतलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । यस्तै, गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन र भेरीगंगाका मेयर भुपेन्द्रबहादुर चन्दले जनताका पक्षमा रहेर काम गर्ने बताए ।
समान ज्याला पाउन नसकेको गुनासो

सुर्खेतका महिलाहरुले अझैपनि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् । वीरेन्द्रनगरमा भएको पारिश्रमिक नपाईने स्याहार कार्य र पारीश्रमिक पाउने कार्य सन्तुलनका सहभागीहरुले समाना ज्यालाको व्यवस्था नभएको गुनासो गरेका हुन् । उनीहरुले महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्दै समान ज्यालाको व्यबस्था गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा वीरेन्द्रनगर नगरपालीकाका प्रमख देबकुमार सुबेदीले जबसम्म महिलाहरुलाई आर्थिक सशक्तिकरणमा सबल हुन सक्दैन तबसम्म महिलाहरु यस्तो समस्या भोग्नुपर्ने बाध्यता रहेको बताइन । कार्यक्रममा अक्सफामका कार्यक्रम अधिकृत अन्जान सिह र वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मीले महिलाहरुका समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने वताइन । नेपालमा महिलाको श्रमसहभागिता दर ८० प्रतिशत रहेको र यो दक्षिण एशियामा सबैभन्दा बढी भएको बिश्व श्रमसंगठनको तथ्यांक छ ।