२०७७ कार्तिक ६, बिहीबार

यस्तो बन्दैछ अब विद्यालय व्यवस्थापन समिति, कार्यान्वयनका लागि जिल्ला शिक्षाको निर्देशन

Latterसुर्खेत, साउन ३० । जिल्ला शिक्षा कार्यालय, सुर्खेतले आठौं संशोधन शिक्षा ऐन, २०७३ लाई कार्यान्वयन गर्ने क्रममा विद्यालय व्यवस्थापन समिति पनि नयाँ ऐन अनुसार गठन गर्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएको छ ।

अहिले संशोधन गरिएको ऐनमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया यस अघिको भन्दा फरक रहेको र सोही अनुसार अब व्यवस्थापन समिति गठन गर्न जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयहरुलाई पत्र पठाएको हो ।

ऐन संशोधन गर्न बनेको विधेय पास भएलगत्तै ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयनलाई तीब्रता दिएको जिल्ला शिक्षा कार्यालय, सुर्खेतले यसअघि नै जिल्लामा रहेका शिक्षकहरुलाई राजनीतिक दलहरुको कार्यसमितिमा नबस्न आग्रह गरिसकेको छ । नयाँ ऐनमा शिक्षकहरुलाई दलको कुनै पनि तहको कार्यकारीमा बस्न नहुने उल्लेख गरिएको छ । सोही अनुसार जिल्लामा पनि यस अघि नै जानकारी गराइसकिएको छ ।

विभागको निर्देशनअनुसार अहिले नयाँ बन्ने विद्यालय व्यवस्थापन समितिहरुलाई पनि नयाँ संशोधन गरिएको ऐनअनुसार गठन गर्न निर्देशन दिइएको हो । नयाँ बन्ने विद्यालय व्यवस्थापन समिति पनि पहिलेको जस्तै ९ सदस्यीय हुनेछ ।

तर अब विद्यालय व्यवस्थापन समितिमा पहिले जस्तो अभिभावकहरु मात्रै सदस्य हुने परम्पराको अन्त्य भएको छ । नयाँ संशोधित ऐनमा यसलाई हटाइएको छ ।

नयाँ ऐनमा विद्यालय व्यवस्थापन समितिअन्तर्गत ९ सदस्य हुने तर अभिभावकबाहेक अन्य २ जनालाई पनि सदस्य बनाउने उल्लेख गरिएको छ । ९ जनाको समितिमा चार जना मात्रै अभिभावक हुनेछन् । त्यस मध्येबाट पनि दुुई जना महिला, दुई जना पुरुष हुनुपर्ने छ । त्यस्तै अन्य दुई जनाबाट मध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने ऐनमा उल्लेख गरिएको छ ।

यस्तै, यसबाहेक विद्यालयको प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था अहिले पनि दोहो¥याएको छ । साथै शिक्षकहरुबाट एक जना सदस्य रहने व्यवस्था पनि नयाँ संशोधित ऐनमा उल्लेख गरिएको छ ।

अहिले थपिएको मध्येमा एक जना वडा अध्यक्ष रहेको छ । तर यो प्रादेशिक संरचना अनुसार स्थानीय तहको निर्वाचन भए पछि मात्रै पूर्णरुपमा कार्यान्वयन हुनेछ । अहिले वडा अध्यक्षको ठाउँमा पहिलेकै अध्यक्षहरुलाई राखेर समिति गठन गर्न सकिने छ ।