२०७७ मंसिर १६, मंगलवार

छोरी भएर जन्मिएको उपहास झेल्दैछिन् मन्सरा

कालिकोट । जिल्ला सदरमुकाम मान्म खाडाचक्र देखि पश्चिम उत्तर तर्फ पर्ने रास्कोट नगरपालिका वडा नं. ७ की ४ बर्षिया मन्सरा लुवार अहिले छोरी भएर जन्मिनुको उपहास भोगीरहेकी छिन् ।

कालिकोट । जिल्ला सदरमुकाम मान्म खाडाचक्र देखि पश्चिम उत्तर तर्फ पर्ने रास्कोट नगरपालिका वडा नं. ७ की ४ बर्षिया मन्सरा लुवार अहिले छोरी भएर जन्मिनुको उपहास भोगीरहेकी छिन् । २०७०साल बैशाख १० गते बुवा रने लुवार, आमा रन्जना लुवारको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी मन्सरा आफ्नो आखाँमा लागेको चोटको समयमै उपचार नपाउदा अहिले मर्नु न बाच्नुको दोसाधमा छिन् ।

छ महिना पहिले मन्सराको दाँया आँखामा लागेको चोटको घाउ बल्झिएर अहिले क्यान्सरमा परिणत भएको छ । अहिले उनको ज्यान बचाउने अन्तिम विकल्प भनेको आँखा काटेर फाल्नु मात्र रहेको जिल्ला आखाँ उपचार केन्द्र कालिकोटका इन्चार्ज डबल अधिकारी बताउनु हुन्छ ।

पाँच महिना पहिले यिनै विरामी मन्सरालाई जिल्ला आँखा उपचार केन्द्रमा ल्याउदा उतिखेरै आफुले बच्चीको आँखा जटिल भैसकेको र उनलाई पोखरा तिर उपचारको लागि रिफर गरिदिन्छु भन्दा उपचार खर्च छैन भन्दै सामान्य औषधी लिएर घरतिरै लागेको आँखा उपचार केन्द्र इन्चार्ज अधिकारी बताउनु हुन्छ ।

विरामी छोरीको स्वास्थ्य अवस्था अन्तिम स्थीतिमा पुगेपछि उपचार सहयोगका लागि अहिले हारगुहार गर्दै लुवार जिल्ला सदरमुकाम खाडाचक्रमा पुग्नु भएको छ । यता जिल्लामा रहेका विभिन्न सरोकारवाला लगायत नागरिक समाजका अगुवाहरुले बच्चीको थप उपचारको लागि सहयोग जुटाउन सानिमा बैंक शाखा कालिकोटमा छोरीको नाममा ०४४००००००१०० को खाता खोलि काठ्माण्डौं तिर पठाउने तयारी गरिरहेका छन् भने देश तथा विदेशमा रहेका नेपाली तथा दातृनिकायहरुलाई निर्दोश बालिकाको ज्यान जोगाउनका लागि आर्थिक सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

बालिकाको थप उपचार स्याहारका लागि फुकोट कै स्थानीय कालिबहादुर महतारालाई जिम्मेवारी दिइएकाले विस्तृत जानकारीका लागि सम्पर्क नं. ९८४८३०७१७३ मा सम्पर्क गर्न पनि सबैलाई आग्रह गरिएको छ ।