२०७७ मंसिर १६, मंगलवार

खान नपुग्ने मैले कसरी छोरीको आँखा निको पारु ।

सुर्खेत । रास्कोट नगरपालीका ७ कालिकोटकी चार वर्षिया मनसरा लुहारको उपचारमा सहयोग गरिदिन परिवारले सवैमा अनुरोध गरेको छ । दुर्घटनामा परि दायाँ आँखामा गम्भिर चोट लागेकी मनसराको जिल्ला अस्पताल कालिकोट र गेटा अस्पताल कैलालीमा उपचार दर्ता समेत निको नभइ काठमाडौं लिनुपर्ने जनाइएको छ ।
बालिकाका पिता रणे लुहारले गहभरी आँसु पार्दे भने मेरो आर्थिक अवस्था ज्यादै कमजोर छ खान नपुग्ने मैले कसरी छोरीको आँखा निको पारु । उनले थपे मेरो क्षमताले छोरीको आँखा उपचार गर्न असम्भव छ सवैको सहयोगको अपेक्षा गरेको छु ।
रफत सञ्चार क्लव सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा सानिमा विकास वैङ्क कालिकोट शाखामा रहेको हिसाव नं ०४४००००००१००M मा रकम जम्मा गरि बालिकाको भविष्य अन्धकार हुन बाट बचाइदिन परिवारले अपिल गरेको छ ।