२०७७ कार्तिक १५, शनिबार

वीरेन्द्रनगर २ मा माओवादी केन्द्रको एकता भेला

maiost-logoसुर्खेत, साउन ३० ।
वीरेन्द्रनग रनगरपालिका वडा नं। २ मा माओवादी केन्द्रको एकता भेला सम्पन्न भएको छ । विभिन्न माओवादी घटकहरुबीच एकता भएर माओवादी केन्द्र बनेपछि तल्लो तहसम्म एकताको भाव सम्प्रेषण गर्न एकता भेलाको आयोजना गरिउको हो ।

वडा नं. २ मा शनिबार विवेक वलीको अध्यक्षतामा भएको एकता भेलाले खड्कबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय आयोजक कमिटि गठन गरेको छ । कमिटिको इन्चार्जमा विवेक वली रहेका छन् । भेलाले भदौको अन्तिमसम्म वडाको एकताको अधिबेशन सम्पन्न गर्ने र त्यसभन्दा सदस्यता नविकरण गरिसकने निर्णयसमेत गरेको छ ।

एकता भेला राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य तथा पूर्व सांसदर नरबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य दानसिं सुनार, जिल्ला कमिटि सदस्य गंगबहादुर महतारा लगायतको उपस्थिति रहेको थियो।