२०७७ कार्तिक १५, शनिबार

मेहेलकुनामा मनोसामाजिक परामर्श तालिम

cropped-logos.jpgसुर्खेत, साउन ३० ।
सिविन नेपालको आयोजनामा मनोसामाजिक परामर्श र संयन्त्र प्रणाली सम्बन्धी एक दिने तालिम शनिबार सुभाघाटगंगामाला नगरपालिकामा भएको छ ।

युरोपियन कमिशनको आर्थिक सहयोगमा सिविन नेपालद्वारा संचालित ‘बाधा अबरोध हटाऔंः शिशु बालिका अधिकार संरक्षण गरांै’ (बिटिबि) परियोजना अन्तरगत मनोसामाजिक समस्या पहिचान गर्नका लागि अभिवृद्धि गर्ने र ५ वर्ष मुनिका बालिकाको अधिकार संरक्षण सम्बन्धी जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

तालिममा मनोसामजिक समस्या पहिचान कसरी गर्न सकिन्छ, यसका कारण, मनोसामाजिक सहयोग गर्ने तरिका र सीप, मनोसामाजिक समस्यामा भएका व्यक्तिहरुलाई कहाँ सिफारिस गर्ने संयन्त्रबारे जानकारी, गर्भपतन सम्बन्धी अवधारणा र कानुनी व्यवस्था, समुदायमा कसरी सहयोग गर्ने र लैंगिक विभेदको बारेमा छलफल गरिएको थियो ।

तालिममा महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जालका सदस्य, आमा समूह, सुरक्षा निकाय, नागरिक सचेतना केन्द्र, गाउँ बाल संरक्षण केन्द्र लगायतको उपस्थित रहेको थियो । तालिममा आवाज संस्थाकी बरिष्ठ मनोसामाजिक परामर्शदाता निशा पौडेल र वल्ड भिजन एड्भोकेसी फोरम मनोसामाजिक परामर्शदाता पुष्पा मल्ल कोइरालाले प्रशिक्षण दिएका थिए ।