२०७७ मंसिर १६, मंगलवार

बालगृह व्यवस्थीत रुपमा संचालन गर्न सरोकारवालाको सुझाब

जुम्ला । जुम्लामा संचालित बालगृहलाई व्यवस्थीत रुपमा संचालन गर्न सरोकारवाला निकायले सुझाब दिएका छन् । राज्यले तोकेको मापदण्डका आधारमा व्यवस्थीत रुपमा बालगृहहरु संचालन हुनुपर्ने भनाई छ । जुम्लामा संचालित चारवटा बालगृह तथा अन्य विशेष कक्षाहरु मापदण्डका आधारमा संचालन नभएको पाइएपछि जिल्लाका सरोकारवाला निकायले यस्तो अनुरोध गरेका हुन् । बालगृहमा रहेका बालबालिकाको लागि बालमैत्रि भवन, अध्ययन तथा सुत्ने कोठा, खेलमैदान, खानेपानि तथा सरसफाइको ब्यवस्था र खानपिनको सहि ब्यवस्थापन हुनुपर्ने भन्दै सो अनुसार जुम्लाका बालगृह संचालन गर्न सरोकारवाला निकायको सुझाब दिएका हुन् ।
महिला विकास अधिकृत गोमा प्रसाइले जिल्लाका सबै बालगृहको ब्यवस्थापनमा कमिकमजोरी रहेको भन्दै आगामि दिनमा बालगृहको प्रभावकारी अनुगमन गर्ने र सोहि अनुसार बालगृह संचालनमा जोड दिन निर्देशन दिइने बताउनुभयो । राज्यले तोकेको मापदण्डका आधारमा सबै बालगृह संचालन गर्न निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद सापकोटाले बताउनुभयो । सबै कार्यालयलाई लक्षीत वर्गको कार्यक्रमका लागि आएको बजेट अनिवार्य सोहि क्षेत्रमा खर्च गर्न उहाँको सुझाब छ । कार्यालयको प्रशासनिक खर्च भन्दा लक्षीत वर्गका लागि आएको अक्तीयारी समयमै र सोहि क्षेत्रमा खर्च गर्ने कार्यालय प्रमुख र कर्मचारी दक्ष र योग्य ठहरीने प्रजिअ सापकोटाको भनाइ छ ।