२०७७ कार्तिक ७, शुक्रबार

स्याकको साधारण सभामा

cropped-logos.jpgसुर्खेत, साउन ३० ।
समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको २२ औ वार्षिकोत्सव तथा २१ औ वार्षिक साधारणसभा शनिबार यहाँको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

सभामा आर्थिक वर्ष २०७२÷०७३ को प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुको साथै चालु आर्थिक वर्ष २०७३÷०७४ को प्रस्तावित नीति, कार्यक्रम र बजेट पनि प्रस्तुत गरिएको छ । स्याक नेपाल सुर्खेतले शिक्षा, स्वास्थ्य, आयआर्जन तथा जीविकोपार्जन, मानव अधिकार तथा शान्ति पर्वद्धन, संस्थागत विकास, जलवायु परिवर्तनको क्षेत्रमा विभिन्न कामहरु योजना अघि सारेको छ ।

सभामा जिल्ला अदालत सुर्खेतका न्यायधिश कैशासप्रसाद सुवेदीले समाज परिवर्तन र विकासको लागि गैरसरकारी संस्थाले महत्वपूर्ण भुमिका खेलेको वताए । यस्तै स्याकका संरक्षक डा. सुरेश तिवारीले स्याक नेपाल जुन उदेश्यका साथ स्थापना भएको थियो त्यो उदेश्य पुरा हुदै गएको उल्लेख गरे ।

सहयक जिल्ला शिक्षा अधिकारी निलकन्ठ रेग्मीले सुर्खेतको शैक्षिक विकासमा स्याक नेपालले महत्वपूर्ण योगदान दिएको बताए । कार्यक्रममा समाजसेवी पूर्णप्रसाद पौडेलले पनि आफ्नो भनाइ राखेका थिए । साधारणसभा स्याक नेपालका अध्यक्ष मीना तिवारी (शर्मा) को सभापत्विमा भएको हो ।

यसैवीच समाज जागरण केन्द्र स्याकले २२ औ वार्षिकोत्सव तथा २१ औ वार्षिक साधारण सभाको अवसर पारेर कार्यकारी निर्देशक टिकाराम आचार्य लगायत विभिन्न व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको हो ।

२० वर्ष सेवा गरेको भन्दै स्याक नेपालले कार्यकारी निर्देशक आचार्यसहितका कर्मचारी उत्कृष्ट कार्यक्रम, उत्कृष्ट महिला समूह, उत्कृष्ट बाल संजाल, उत्कृष्ट नमुना गाउँलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा कार्यक्रम संयोजक ओमप्रकाश सुवेदी, अनुगमन तथा मुल्याकन अधिकृत खगेन्द्रप्रसाद शर्मा, क्षमता अभिबृद्धि उत्पेरक हरिभक्त कोइराला, प्रशासन सहायक शेरवहादुर विक र कार्यालय सहयोगी टेकबहादुर गन्द्रमा रहेका छन् ।

यस्तै उत्कृष्ट कार्यक्रम संकल्प, उत्कृष्ट महिला समूह वीरेन्द्रनगर–१२ को एकता महिला समूह, वीरेन्द्रनगर बाल सञ्जाल, वीरेन्द्रनगर– २३ को आफर नमूना गाउँ, साटाखानी–७ को लाम्टाडी नमूना गाउँ, भेरीगंगा नगरपालिका–१६ को ठुलो करेली नमूना गाउँ र वीरेन्द्रनगर– १ नेवारेको त्रिवेणी सामुदायिक वंैकलाई समेत स्याकले सम्मान गरेको छ ।