२०७७ माघ ९, शुक्रबार

विकासका लागी एकताबद्ध भएर काम गर्ने सुर्खेेतका जनप्रतिनिधिहरूकाे सामुहिक प्रतिबद्धता

सुर्खेत ।सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिहरूले जिल्लाको विकासका लागी एकताबद्ध भएर काम गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् ।
जिल्ला समन्वय समितिले आज आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्दता जनाएका हुन ।
कार्यक्रममा नगरप्रमुखहरूको तर्फबाट पञ्चपुरी नगरपालीकाका प्रमुख उपेन्द्रबहादुर थापाले विकास गर्नका लागि आफुहरुमा अँझै धेरै चुनौती थपिएको बताउनुभएको छ ।
उहाँले प्रत्येक वडामा वडा सचिब पठाउन पनि कार्यालय प्रमुख तथा सरकारलाइ आग्रह गर्नुभएको छ ।
यस्तै, उपप्रमुहरूको तर्फबाट बीरेन्द्रनगर नगरपालीका उपप्रमुख मोहनमाया ढकालले सुर्खेत जिल्लाको विकासको लागी निश्चित कार्ययोजना बनाएर अघि बढ्नु पर्ने बताउनुभएको छ ।
उहाँले यस क्षेत्रमा खानेपानी, स्वास्थ्य, वन अतिक्रमणलगायतका समस्या र सम्भावना रहेकाले  योजना बनाएर जानु पर्नेमा जोड दिनुभयो ।
ढकालले सुर्खेतका सुकुम्बासी र बाढी प्रभावितका समस्यामा पनि आफुहरुले  ध्यान दिने प्रतिबद्दता जनाउनुभएको छ ।
कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाइँले नवनिर्वा्तिचहरुलाइ सफलताको शुभकामना दिँदै  सबैसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले विपद व्यवस्थापनको जोखीम बढी भएकाले विपद व्यवस्थापन समिती तयार गर्न नवनिर्वा्चितहरुलाइ सुझाव दिनुभएको छ ।
कार्यक्रम जिल्ला समन्वय समितिका सचिव अमृत लम्सालको अध्यक्षतामा सम्पन भएको हो ।।