२०७७ मंसिर १३, शनिबार

मप विश्वविद्यालयको ज्यादती सन्दर्भमा सराेकारवाला बीच अन्तरक्रिया

सुर्खेत।संयुक्त विद्यार्थी संघर्ष समिति मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आज अन्तरक्रिया कार्यक्रम गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालयको विषयमा विद्यार्थी, राजनितिक दल सरोकारवाला निकाय बिच अन्तरक्रिया गरिएको हो ।
शैक्षिक गुणस्तर सुधार गर्न भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा विभिन्न ११ वटा माग राख्दै आठ विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष रमेश मल्ल, नेविसंघका केन्द्रिय सहमहामन्त्री ईश्वर विष्ट, अखिल क्रान्तिकारी ६ नम्बर प्रदेश संयोजक खेमराज सिंह, राजनैतिक दलका प्रतिनिधि, प्रध्यापक संघका अध्यक्ष चित्रबहादुर केसी, प्रध्यापक संघका पुर्व अध्यक्ष अमर रोकाय लगायतको सहभागिता थियो ।।