२०७७ कार्तिक १२, बुधबार

प्रेस सेन्टर सल्यानको अध्यक्षमा पुनः शर्मा

salyanसुर्खेत, साउन ३० । प्रेस सेन्टर नेपाल सल्यानको एकता भेला तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

सल्यान खलंगामा सम्पन्न एकता भेलाले दिपक शर्माको अध्यक्षतामा २ पछि थप्नेगरी २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा नरेन्द्र वली, महिला समावेशी उपाध्यक्ष ललिता यरी, सचिव टिकाराम भण्डारी ९दिपसागर०, सहसचिव प्रकाश शर्मा, जनजाति सहसचिवमा किरण कंवर र कोषाध्यक्ष समिरश्री वली रहनु भएको छ ।

सदस्यहरुमा कृष्ण बहादुर बस्नेत, मनोज देवकोटा, नोखीराम थापा, रमेश बुढाथोकी, अनिल पहाडि, इन्द्र बहादुर बुढाथोकी, विवेकबाबु ढकाल, लोकराज वली, महेश वली, क्षेत्रबहादुर चन्द, शिखर केसी, डम्बर शाही र सरिता चलाउने रहनुभएको छ ।

केन्द्रिय पार्षदमा तिलकराज वली, धनेन्द्रविमल वली, भीमबहादुर परियार, गीता बोहरा, गोपाल शर्मा, रामप्रसाद शर्मा, झरेन्द्र कवंर हरिप्रकाश वली रहनु भएको छ । सेन्टरको सल्लाहाकारमा हेमन्त ओली, भीम कुमाखी, पूर्णबहादुर भण्डारी र रमन गौतम रहनु भएको छ ।

नेकपा माओवादीका केन्द्रिय सदस्य तथा सल्यान संयोजक कर्ण बहादुर बुढाथोकी छहारी, प्रेस सेन्टर नेपालका केन्द्रिय कार्यालय सदस्य लक्ष्मी पुन, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चित्र बहादुर केसी भास्कर, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रतिक इन्छुक शर्मा, लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्ति गर्नु भएको थियो ।