२०७७ माघ ७, बुधबार

माछा मार्ने क्रममा करेन्ट लागेर दुइको मृत्यु


सुर्खेत । वीरेन्द्रनगर ३ तातोपानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । पतेनी नजिक रहेको माछापालन केन्द्रको पोखरीमा माछा मार्न जाने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । पोखरीमा जाने फलामको भर्याङमा हिडिरहेका बेलाउक्त माछापालनमा कार्यरत भिमबहादुर शाहीलाई करेन्ट लागेको थियो । भर्यागमै करेन्ट लागेर भुईमा खसेपछि उनका साथी पासांग लामा उद्धारका लागि जादा उनलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर र्घाइते भएका शाही रलामाको उपचारको क्रममा मप क्षेत्रयि अस्पताल कालागाउँमा मृत्यु भउको हो ।  मृत्यु हुनेमा कालिका –५, कालीकोट का २७ बर्षिय भिमबहादुर शाही र रामेछाप दोरम्बाका २६ बर्षीय पासांग लामा रहेछन ।
कालिकोट र रामेछापबाट मृतकका आफन्तहरु आउदै गरेका कारण मृतकहरुको पोष्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ ।
विहिबार विहान उनिहरु आउने र पोष्टमार्टम र शब आफन्तले बुझ्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  मृतकका आफन्तजनले परिवारलाई माछा पोखरी सञ्चालकले क्षतीपुर्ति दिनुपर्ने माग गरेका छन । पोखरीमै काम गर्नेबेला मृत्यु भएको भन्दै आफन्तजनले परिवारलाई क्षतिपुर्ति दिनुपर्ने मृतक शाहीका आफन्त दिपक चौलागाईले माग गरे । मृतक शाहीका १ छोरा १ छोरी र श्रीमती छन । लामाको थप विवरण खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षाक माेहनप्रसाद अाचायर्ले बताउका छन् ।